प्रकाश बराल – झट्ट हेर्दा भैंसिगोठ जस्तो लाग्ने । रंग खुईलिएको साईनबोर्डमा धमिलो अक्षरले ” गणतन्त्र ” मात्र बुझिने । यो गणतन्त्र आधारभुत बिद्दालय , सर्केगाड गाउँ पालिका वडा न १ जैरको हो। २०-२५ जना वालवालिका जम्मा भएका, चौरमा बोर्ड अड्क्याइएको एक जना शिक्षक जस्ता पनि नदेखिने मान्छे उभिएका , कता कता चौधौं सताव्दिको याद आउने । सामाजिक अभियान्ता पन्च अमृत बि सि को फेसवुक वालमा यो फोटो देखेपछि हामिले देहायका व्यक्तिहरु सँग बुझ्न खोज्याै र जवाफ यस्तो पायाैं ।
१) हुम्ला जिल्ला बाट निर्वाचित प्रदेश सभा सदस्यद्वय मा रणसिंह परियार र मा जुम्कित लामा कार्किलाई सम्पर्क हुन सकेन ।
२) सर्केगाड गाउँ पालिका अध्यक्ष ठान बहादुर रोकाया (९८५८०२५१८८) ले फोन उठाउनु भएन ।
३) सोही गाउं पालिका उपाध्यक्ष चन्द्र सिंह कार्कि मुक्ती (९८६८३४१९७८) यो स्कुलको लागि चा लु आ व ०८०/०८१ को कर्णाली प्रदेश सरकारको बजेट ५० लाख योजना हालेका छौं अव स्कुल राम्रो हुने छ भन्नु भयो । भौगोलिक कठिन्नाई पनि रहेको छ, तर समाधान हुन्छ भन्नु भयो ।
४) यस गाउँ पालिका प्रमुख प्रशासकीय अधिकृत नर रावत (९८६९६२६६००) तपाईका प्रश्नहरुको जवाफ दिन म सक्दैन । मलाई थाहा छैन । शिक्षा शाखा प्रमुख लाई फोन गर्नुस भन्नु भयो ।
५) शिक्षा शाखा प्रमुख विक्रम शाही (९८४८३२५९५२) फोन उठेन ।
६) सर्केगाड गा पा वडा नं १ का अध्यक्ष बल बहादुर कार्किको फोन नम्वर प्राप्त भएन ।
७) प्रधानाध्यापक काे फाेन सम्पर्क भएन
दियो खबर । ११ श्रावण २०८०, बिहीबार १६:४५