प्रकाश बराल / कोरियामा सम्पन्न विश्व स्योङ्नाम हान्मादाङ अन्तराष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपालकाे प्रतिनिधित्व गर्ने कर्णाली प्रदेशकि नन्दा बस्यालले स्वर्ण पदक जितेकी छन् ।
राष्ट्रिय खेलकुद परिषद् राखेपकी कार्यकारी बोर्ड सदस्य समेत रहेकी नन्दाले फाइनलमा इरानलाई हराउँदै स्वर्ण पदक जितेकी हुन् ।
नन्दाले साइड ब्याककिक ब्रेकिङ विधाको सिनियर मास्टरमा पहिलो स्थान हात पारेकी हुन् ।
५७ वटा राष्ट्र सहभागी भएकाे प्रतियोगितामा नेपालबाट नन्दा सहितका खेलाडी सहभागी रहेका छन् । खेलकुदको कार्यकारी निकायमा बसेर काम गरिरहेकी नन्दाले सक्रिय खेल जिवनलाई समेत निरन्तरता दिदै आएकी छन् ।
दियो खबर । ७ श्रावण २०८०, आईतवार २१:३२