जुम्ला र कालिकोटमा प्रहरीद्धारा सचेतनामूलक कार्यक्रम

सुर्खेत – जुम्ला  र कालिकोट जिल्लामा मिति २०८० असार २८ गते विभिन्न सचेतनामूलक कार्यक्रम गरिएको छ ।

प्रहरीले समुदाय तथा विद्यालयहरूमा लागूऔषध नियन्त्रण, ट्राफिक नियम सम्बन्धी र जातिय भेदभाद तथा छुवाछुत सम्बन्धी सचेतनामूलक कार्यक्रम गरेको हो ।

मिति २०८०।०३।२६ गते देखी जुम्लामा “लागूऔषध विरुद्धको विशेष अभियान” चलिरहेको छ । सोही अन्तर्गत पातरासी गाउँपालिका वडा नं. ०७ स्थित श्री सरस्वती माध्यमिक विद्यालय रिनीमा कक्षा ९ र १० का छात्रा/छात्र तथा शिक्षक शिक्षीकाहरुसँग “लागुऔषध दुर्व्यसनी न्युनिकरण” सम्बन्धी कार्यक्रम गरिएको हो ।

साथै सोही दिन चन्दननाथ नगरपालिका वडा नं.०७ छिना स्थित जिल्ला प्रहरी कार्यालय जुम्ला र जिल्ला ट्राफिक प्रहरी कार्यालय जुम्लाको सयुंक्त आयोजनामा “ट्राफिक नियम सम्बन्धी” सचेतनामूलक कार्यक्रम गरिएको छ ।

कार्यक्रममा स्थानिय सर्व-साधारण, चालक, सह-चालक र यात्रुहरुको समेत उपस्थित रहेको थियो । बढ्दो लागूऔषध दुर्व्यसनी र दुर्घटनालाई नियन्त्रण गर्न प्रहरीले उक्त कार्यक्रम गरेको हो ।

विद्यालयमा अध्यनरत एक छात्राले कार्यक्रमबाट धेरै कुराहरू जानकारी भएको र आगामि दिनहरूमा कूलतमा नफस्ने र अरुलाई पनि फस्न नदिने कुरा बताए ।

त्यसैगरी प्रहरीले कालिकोटको महाबै गाउँपालिका वडा नं. ०५ औलगेला जातिय भेदभाद तथा छुवाछुत सम्बन्धी कार्यक्रम गरेको छ । कार्यक्रममा स्थानिय मानिसहरूको उपस्थिति रेहको थियो ।

कानूनि रुपमा नेपालमा जातिय विभेद सम्बन्धि उन्मुलन भएपनि हालसम्म पनि समाजबाट यो हट्न सकेको छैन । यस्ता सामाजिक जड्को रुपामा रहेको कूप्रथाहरूलाई हटाउनको लागि प्रहरीले यस्ता कार्यक्रमहरू गर्दै आएको छ ।जसले गर्दा आम मानिसहरूलाई सामाजिक कूप्रथाको बारेमा जानकारी प्राप्त भई यसको निर्मुल पार्न सहयोग गर्दछ ।

तपाईको प्रतिक्रिया