प्रधानमन्त्री दाहालकी पत्नी सीता दाहालको निधन

काठमाडौ- प्रधानमन्त्री पुस्पकमल दाहालकि धर्मपत्निकाे निधन । अचेतअवस्थामा उपचारका लागि काठमाडौँको नर्भिक अस्पताल पुर्‍याइएकी प्रधानमन्त्रीपत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले पुष्टि गरेको छ।

विगत लामो समयदेखि अस्वस्थ रहेकी ७१ वर्षीया सीता दाहाललाई बुधबार बिहान कृतिम श्वासप्रश्वास दिँदै अस्पताल पुर्‍याइए पनि अस्पतालले उनलाई बचाउन सकेन।

‘हामीले उहाँलाई रिभाइभ गर्न सकेनौँ,’ उपचारमा संलग्न एक चिकित्सकले भने”।

प्रधानमन्त्री दाहालकी पत्नी सीता दाहाललाई छोरा प्रकाश दाहालको आकस्मिक निधनपछि विभिन्न शारीरिक तथा मानसिक समस्या देखिएका थिए।

सीता दाहालमा पार्किन्सन जस्तो देखिने जटिल प्रकारको रोगले प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पिएसपी) देखिएको थियो। यसको उपचारका लागि भारत अमेरिका सिंगापुर तथा नेपालका विभिन्न अस्पतालमा उनलाई पुर्‍याइए पनि सम्भव हुन सकेको थिएन।

 

तपाईको प्रतिक्रिया