गजल -महेश भट्टराई “सरकार “

उस्ले सिमा नाघ्यो कानुनको हत बाट ।
निर्मलाले न्याय पाइनन अदालत बाट

दोषी लुकाउन खोज्ने महोदय हरु भन
कति भाग पार्यो अपराधीको बिरासत बाट ।

म मन्त्री हु भनेर फुर्ती लगाउदै हिन्छौ अचेल
त्यो कुर्सीमा पुगेका हैनौ र जन्ताको मत बाट ।

म एउटा आग्रह गर्दैछु सुन है सरकार
चेली मुक्ता गर्दै बलात्कार को दलदल बाट ।

मुखमा रामराम गरि खल्तीमा छुरा चलाउने
म आजित भए प्रिया तिम्रो यो आदत बाट ।
महेश भट्टराई “सरकार “

तपाईको प्रतिक्रिया