यीँ आखामा आँसु छल्केर रारा बनेको छ ।
यहि आँसु मेरो जिउने साहारा बनेको छ ।
खै कसरी जिउने अब यादहरु मात्र बोकि,
तिम्रो प्रेम रुकुम अनि मन खारा बनेको छ ।
मुस्कुराउदा जुन मात्रै पीडाहरु बिर्सिदिन्छु,
तिम्रो नयन गगनको त्यो तारा बनेको छ ।
जिउने आधार सोचे तिमीलाई यस्तो बनी दियौ,
जस्तो प्यास मेटाउन पानी बिनै धारा बनेको छ ।
न त भुल्न सक्छु न त मार्नै सक्छु तिम्रो माया,
यादमै जीवन बिताइदिने अभिभारा बनेको छ ।।
मदराज शाही “बिबश अकेला”
खाँडाचक्र नगरपालिका ३, ताडी कालिकोट ।
दियो खबर । २१ कार्तिक २०७७, शुक्रबार १९:५२