महिला फुटसल खेलमा COTO CHALLENGERSको टिम विजेता

टोकियो/ कुमामोतो नेपाली समाज,जापानले आयोजना गरेको महिला  फुटसल खेल सम्पन्न भएको छ। कुमामोतो नेपाली समाज कार्यसमितीका उपाध्यक्ष कृष्ण पाण्डेको सभाध्यक्षतामा कुमामोतो नेपाली समाजका वरिष्ठ सल्लाहकार प्राध्यापक डा हरि देवकोटाको प्रमुख आतिथ्यमा र
कुमामोतो नेपाली समाजका सल्लाहकार वर्दि सापकोटाको विशेष आतिथ्यता लगाएको अतिथिहरुको उपस्थितिमा महिला फुटसल प्रतियोगिता सम्पन्न गरिएको हो ।
यस महिला फुटसल प्रतियोगिता मा प्रथम स्थान हासिल गर्नु हुने COTO CHALLENGERS टिम र द्वितीय YMCA BRAVEGIRLS भएको कुमामोतो नेपाली समाजका सचिव दिपक शाहिले बताए। रेफ्रीमा Aashish Gurung र Madan Gurung रहेका थिए।

तपाईको प्रतिक्रिया