सुर्खेत / कालिकोट जिल्लाको शुभकालिका गाउँपालिकामा बालविवाह रोक्न धामिझाक्री पुरोहित सम्मेलन गरिएको छ। उमेर नपुगेर गरिने विवाहमा आयोजना हुने भोजभतेर बहिष्कार गर्ने,बालविवाह भए-देखेको थाहा पाए कानुनी कारबाहीको दायरामा ल्याउने प्रतिबद्धतासहित बालविवाहविरुद्धका गतिविधिमा धामीझाँक्री र पुरोहित जुट्ने निर्णय भएको हो ।
‘बालविवाह सामाजिक कुरीतिका रूपमा मौलाइरहेको छ,यसको अन्त्यकालागि धामीझाँक्रीनै अग्रसर हुनुपर्ने भएकोले विभिन्न विकल्पको खोजी गरिरहेका छौं,’ किर्डाक नेपालका परियोजना संयाेजक प्रकाश शाहीले भने, ‘अहिले विभिन्न टोलहरूमा धामीझाँक्रीकै संलग्नतामा बालविवाहविरुद्धका सचेतनामूलक कार्यक्रमहरू पनि सञ्चालन गरिरहेका छौं । उमेर नपुगेर गरिने विवाह रोक्न वडाको सिपारिस पत्र देखि धामीझाँक्री र पुरोहितहरुलाई भेला गरि सम्मेलन र सम्मान गरेका छौं ।’ उनले उमेर पुगेर विवाह गर्ने जोडीलाई वडाहरुले सम्मान गर्ने निर्णयसमेत गरेको बताए ।
गाउँमा उमेर नपुगेर गरिने विवाहरोक्न धामीझाँक्री र पण्डितहरु एकजुट भएका छन्। चालु आर्थिकसम्म शुभकालिका गाउँपालिकामा ९८ बाल विवाहा राेकिएका छन्। अहिले विवाह हुन लागेको जानकारी पाउनेवित्तिकै किशोरी समुहहरूले विवाह हुने स्थलमा गएर केटाकेटीको उमेर सोधिन्छ । यदी उमेर पुगेको छैन भने तत्काल अभिभावकलाई आ-आफ्नो घर फर्काउन सुझाव दिइन्छ ।
यस्तै धामीझाँक्री तथा पण्डितहरु काहाँ विवाहकाे लगन,साहिद र दिन हेराउन आउने केटाकेटीको उमेर सोधिन्छ । यदी उमेर पुगेको छैन भने तत्काल अभिभावकलाई आ-आफ्नो घर फर्काउन सुझाव दिइन्छ ।
धामीझाँक्री र पण्डितहरुले सार्वजनिक कार्यक्रम मार्फत बालविवाहा गरेको घरको भोज भतेर विवाहामा नजाने प्रतिवद्धता जनाएका छन्। बालविवाह भएमा हुने दण्ड सजायबारे जानकारी दिइसकेको छ ।
‘गाउँ समाजमा विवाह ग¥यो भने जन्ती जाने र भोजमा अनिवार्य सहभागी हुने चलन हुन्छ,धामीझाँक्री र जनप्रतिनिधिले भोलिको राजनीति हेरेर पनि विवाहमा सहभागी हुने गरेका छन्,’ शुभकालिका-४ की बालअभियान्ता रमिता चौलागाँईले भनिन्, ‘अब उमेर पुगि गरेकाे विवाहमा मात्र हामीहरू जाने व्यवस्था गरेका छौं ।’
बालविवाह रोक्न जिल्लाकाे तिलागुफा नगरपालिकाले पनि धामीझाँक्री तथा पण्डितहरुलाई सम्मान गरेको छ। तिलागुफा नगरपालिकाद्वारा १०० जना धामीझाँक्री तथा पुरोहितहरुलाई पटुका (पगरी) बाधेर सम्मान गरेको हाे।
पालिकामा हुने बालविवाह राेक्न तिलागुफा नगरपालिकाकाे आयोजना तथा किर्डाक नेपालीको आर्थिक सहयोगमा बलविवाह न्यूनीकरणमा महत्त्वपूर्ण याेगदान पुराएबापत पालिका भित्र अवस्थित ११ वडाका एक सय जना धामीझाँक्री र पाेराेहितहरुलाई पन्चेबाजा सहितको र्यालिमा बजार परिक्रमा गराई टाउकोमा पटुका( पगरी ) बाधेर सम्मान गरेको हाे।
बालबालिका वा दुबै तर्फको परिवारहरु बिवाहा गर्न र गराउन राजी भई लगनकोलागि धामीझाँक्री वा पुरोहितकोमा आउदा लगन नदिएर २० बर्ष पछि मात्र बिहे गर्न सुझाव दिई पठाए बापत उक्त सम्मान गरिएको किर्डाक नेपालले जनाएको छ।
‘बालविवाह सामाजिक अपराध मात्र होइन,यो हाम्रो गाउँ-समाजको ठूलो विकृति पनि हो,’ तिलागुफा नगरपालिकाका उपप्रमुख महेन्द्रबहादुर शाहीले भने,‘त्यसैले अभिभावक,बालबालिका,धामीझाँक्री र जनप्रतिनिधि सबैको समन्वयबाट बालविवाह रोक्न तिलागुफा नगरपालिकामा कार्यक्रम गरेका हौं ।’ बालविवाह रोक्नलाई गाउँमा गएर विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालनको पनि भईरहेकाे छ।
तिलागुफा नगरपालिका र शुभकालिका गाउँपालिकामा सेभ द चिल्ड्रेन र किर्डाक नेपाल द्वारा संचालित सहयात्रा परियाेजनाले कामगरे देखि यी दुईवटा पालिकामका ६ वटा वडाहर बालबिवाह मुक्त घाेषणा गरिएको सेभ द चिल्ड्रेनका बालअधिकार शासन तथा बालसंरक्षण संयोजक बाले बिश्वकर्माले बताए । उनले भने अब तिलागुफा नगरपालिकालाई २०८० जेठ भित्र कर्णाली प्रदेशकै पहिलाे बालबिवाह निशेधित पालिका घाेषणाका गर्ने तयारि भैरहेकाे छ । अहिले सबै वडामा बालविवाह राेकथामका कार्यक्रम भईरहेका छन् ।
अहिले यी दुई पालिकामा बालविवाह गर्ने दर शुभकालिका गाउँपालिकामा सन २०१८ मा बाल विवाह ५७ प्रतिशत थियाे । तिलागुफ ५९ प्रतिशत थियाे ।हाल शुभकालिका गाउँपालिकामा २५ प्रतिशत तिलागुफा नगरपालिकामा १५ प्रतिशतमा झरेको छ।
बालविवाह र हिसा दुव्र्यवहार कम गर्नकालागि टाेल फि नम्बर स्थापनागरि कार्यान्वयन ल्यायकाकाे शुभकालिका गाउँपालिका की बालकल्याण अधिकारि रन्जिता वलिले बताईन्। उनले भनिन् टाेल टाेलमा प्रहरीहरुकाे अभियान पनि निरन्तर रहेकाे छ।
कर्णाली प्रदेशमा प्रथम फरक तर दीर्घकालीन रुपमा सकारात्मक संदेश दिने तिलागुफा नगरपालिकाले बालविवाह रोकथाम तथा न्यूनीकरणका लागि धामीझाँक्री र पुरोहित सम्मेलन गरेको प्रमुख जिल्ला अधिकारी जाेरासिंह माझीले बताए ।
कार्यक्रममा सहभागी प्रहरी प्रमुख डिएसपी जयश्वर रिमालले बालविवाह गरे हुने कानुनी सजायको बारेमा जानकारी गराएका थिए। उनले प्रहरीले पनि विभिन्न विद्यालयहरुमा बालविवाह,बहु विवाह, सम्बन्ध बिछेद घरेलु हिंसा लगाएको विषयमा जनचेतना जगाउदै आएको बताए ।
धामीझाँक्री सम्मेलन बालविवाह रोक्न
तपाईको प्रतिक्रिया

दियो खबर । ११ चैत्र २०७९, शनिबार २०:५२