तिलाकर्णाली बहुमुखी क्याम्पस सभापतिमा सिँह विजयी

सुर्खेत /तिलाकर्णाली बहुमुखी क्याम्पस कालिकोटमा बाम लोकतान्त्रिक गठबन्धनका अध्यक्ष र सचिव निर्वाचित भएका छन् ।अखिल क्रान्तिकारी को तर्फबाट सभापतिका उम्मेदवार हिक्मत सिँह निर्वाचित भएका छन् ।नेकपा  एमाले र नेकपा एकीकृत समाजवादीको गठबन्धनका उम्मेदवार रम्वा कुमारी शाही पराजित भएकि छन् । त्यस्तै सचिवमा नेविसंघ का तर्फबाट उम्मेदवार बनेका खगेन्द्र पाण्डे निर्वाचित भएका हुन् पाण्डेले नेकपा एमाले र नेकपा एकीकृत समाजवादीको गठबन्धनका उम्मेदवार तिर्थबहादुर शाही लाई हराएका हुन्।कोषाध्यक्षमा नेकपा एमाले र नेकपा एकीकृत समाजवादीको गठबन्धनका उम्मेदवार दिपा शाही निर्वाचित भएकि छन् ।बाम लोकतान्त्रिक गठबन्धनका संग नेकपा एकीकृत समाजवादी कि उम्मेदवार वविता शाहीले पराजित भएकि हुन्।

तपाईको प्रतिक्रिया