खेमराज ओझाको पहिलो उपन्यास अपराजित बिमोचन

टोकियो/खेमराज ओझाको पहिलो उपन्यास अपराजित टोकियोमा बिमोचन जापानको राजधानी टोकियोमा एक कार्यक्रमाका बिच उपन्यास अपराजितको बिमोचन भएको छ।कर्णाली प्रदेश समाज जापानका अध्यक्ष कृष्ण शाही तथा कृतीका लेखक खेमराज ओझाले संयुक्त रुपमा उपन्यासको बिमोचन गरियको थियो।
एकदशक देखी जापानलाई कर्मभुमी बनायका ओझा पत्रकार पनि हुनुहुन्छ।अपराजित उहाँको प्रकाशित पहिलो उपन्यास हो।जापानजस्तो ब्यस्त शहरमा रहेर पनि लेखन कार्यलाई निरन्तरता दिई उपन्यास प्रकाशन गर्नु भयकोमा बधाई तथा शुभकामना दिदै नेपाली युवाहरुको बिदेशिनु बाध्यता र बिदेशमा खान पर्ने हन्डर ठक्कर तथा हेपुवा चेपुवालाई सरलभाषामा दुख सुखर प्रेमलाई कलात्मक रुममा प्रस्तुत गरियकोले पाठकहरुले मन पराउने विश्वास कार्यक्रमका प्रमुख अतिथि कृष्ण शाहीले राख्नु भयो।
लेखक ओझा पश्चिम नेपालको डोटी जिल्लामा जन्मी बिगत १० बर्ष देखी जापानमा रहदै आउनुभयको छ। उहाँका अप्रकाशित उपन्यास र केही गीतहरु छ।

तपाईको प्रतिक्रिया