कालिकोट /स्ववियु निर्वाचनका लागि कालिकोटको जनचेतना क्याम्पसमा सनिबार स्वतन्त्र तर्फबाट अध्यक्ष सुनिल शाही, समाजवादी निकट अनेरास्ववियूको तर्फबाट सचिव कमला कुमारी देवकोटा र कोषाध्यक्षमा विन्दा शाहिको मनोनयन दर्ता भएको छ ।
कालिकोटको सबैभन्दा धेरै विद्यार्थी भएको जनचेतना बहुमुखी क्याम्पसमा तिन वटा प्यानलले उमेद्वारी दर्ता गरेका छन् । जनचेतना बहुमुखी क्याम्पसमा झण्डै ५०० सय मतादाता विद्यार्थी छन् ।
निर्वाचन कार्यतालिका अनुसार सनिबार बिहान १० बजे देखि ३ बजेसम्म उम्मेद्वार मनोनयन दर्ताको समय तोकिएको थियो । कार्यतालिका अनुसार स्ववियु निर्वाचनका लागि नेपाली कांग्रेस निकट नेविसंघ,माओवादी निकट अनेरास्ववियु क्रान्तिकारी गठवन्धन गरेर अगाडी बढेका छन,भने एमाले निकट अनेरास्ववियु र समाजवादी निकट अनेरास्ववियू एक्ला एक्लै मैदानमा छन ।
नेकपा एमाले निकट अनेरास्ववियुमा आवद्ध लामो समय देखी विद्यार्थीका लागी आवाज उठाईरहेका सुनिल शाही ले पनि यस पटक को स्ववियु निर्वाचनमा अध्यक्ष पदमा आकन्क्षी रहेको तर आफुलाइ अध्यक्षकाे लागि नसुइकार्य पछि आफुले स्वतन्त्रबाट उम्मेद्वार दिएर समाजवादी निकट अनेरास्ववियू र स्वतन्त्रको गठवन्धन गरेको शाहिले जानकारी दिए ।
स्ववियु निर्वाचनका लागी अध्यक्षमा शाहीको मनोनयन दर्ता
तपाईको प्रतिक्रिया
जीवनराज देवकोटा । २८ फाल्गुन २०७९, आईतवार १३:३०