अनेरास्ववियूको तर्फबाट शाहीको मनोनयन दर्ता

कालिकोट / स्ववियु निर्वाचनका लागि कालिकोटको तिला कर्णाली क्याम्पसमा आइतबार समाजवादी निकट अनेरास्ववियूको तर्फबाट अध्यक्ष रम्बा कुमारी शाही,सचिव तिर्थ शाहि र कोषाध्यक्षमा बबिता शाहिको मनोनयन दर्ता भएको छ  ।

कालिकोटको सबैभन्दा धेरै विद्यार्थी भएको तिला कर्णाली बहुमुखी क्याम्पसमा दुइ वटा प्यानलले उमेद्वारी दर्ता गरेका छन् । अनेरास्ववियू र अनेरास्ववियु क्रान्तिकारीले उमेद्वारी दर्ता गरेका हुन् । तिला कर्णाली क्याम्पसमा झण्डै ४ सय मतादाता विद्यार्थी छन् ।

निर्वाचन कार्यतालिका अनुसार आइतबार बिहान १० बजे देखि ३ बजेसम्म उम्मेद्वार मनोनयन दर्ताको समय तोकिएको थियो । कार्यतालिका अनुसार स्ववियु निर्वाचनका लागि एमाले निकट अनेरास्ववियु,नेपाली का‌ंग्रेस निकट नेविसंघ,माओवादी निकट अनेरास्ववियु क्रान्तिकारी गठवन्धन गरेर अगाडी बढेका छन,भने समाजवादी निकट अनेरास्ववियू एक्लै मैदानमा छ ।

एमाले निकट अनेरास्ववियुको तर्फबाट सभापतिमा उम्मेद्वारी दिने तयारी गरेकी सर्मिला शाहीलाइ जानकारी नदिइ अनेरास्ववियुका जिल्ला अध्यक्ष धर्मराज शाहीले एका एक गठवन्धन गरेको भन्दै एमाले निकटका विद्यार्थीहरुले विरोध जनाएका छन ।

तपाईको प्रतिक्रिया