पार्टीको कार्यक्रमको लागि शनिबार पनि विद्यालय खुल्ला
कालिकोट/नेकपा एमालेले देशभरि संचालन गरेको मिसन ग्रासरुट अभिमुखीकरण वडास्तरको अभियान अन्तर्गत पचालझरना गाउँ पालिकाको एक विद्यालय मा शनिबार सम्पन्न गरेको छ।
नेकपा एमालेका केन्द्रीय सदस्य दल बहादुर रावलको प्रमुख आतिथ्यतामा र नेकपा एमालेका नेता कार्यकर्ता को सहभागितामा कार्यक्रम सम्पन्न भएको हो । भनिन्छ विद्यालय शान्ति क्षेत्र हो राजनिति गर्न पाइदैन तर राजनीतिक दल नै विद्यालयमा गएर आमसभा गर्ने गर्छन ।