मुख्यमन्त्री तथा मन्त्री परिषदकाे कार्यलयका एक कर्मचारीले गरे वडाध्यक्ष विष्ट माथी हातपात

नन्दकेश अधिकारी /विरेन्दनगर नगरपालिका वडा-३ का वडाध्यक्ष बिनाेद सिह बिष्ट माथी हातपात भएको छ ।विरेन्दनगर नगरपालिका वडा-३ काे सरस्वती टाेलमा रहेको एक सडककाे कच्ची नाला खन्ने क्रममा विवाद उत्पन्न गरेर अध्यक्ष बिष्ट माथि हातपात भएको हाे ।मुख्य मन्त्री तथा मन्त्री परिषद कार्यालय कर्णाली प्रदेश सुर्खेत मा कार्यरत उप सचिव बताउने नेत्र बहादुर कार्कीले हातपात गरेका हुन।सडककाे मापदण्ड पूरा गर्ने र विवाद भएको ठाउमा विवाद मिलाउने उदेश्यले वडा अध्यक्ष बिनाेद सिह बिष्ट ,वडा सदस्य सरस्वती थापा लगायतका जनप्रतिनिधि काे टाेली फिल्ड नापजाँच गर्न सडक निर्माण काे उद्घाटन गर्न पुगेका थिए ।
विवाद भएको ठाउमा मिलाउदै जाने क्रममा मुख्य मन्त्री तथा मन्त्री परिषदकाे कार्यालय कर्णाली प्रदेश सुर्खेतमा कार्यरत कार्की काे घर अगाडि पुग्दा कार्किले त काे हाेस भन्दै हातपात गरेको देखिन्छ ।कार्कीले आफ्नो घरकाे गेट सडकमा पर्ने गरि निर्माण गरेकाे देखिन्छ । साे गेटले गर्दा बाटाेकाे मापदण्ड नपुग्ने भपछि ,अध्यक्ष बिष्ट लागाएका जनप्रतिनिधि र समुदायले याे गेट सार्नु पर्ने भने पछि कार्किले दादागीरी शैलीमा म दिन्न त काे हाेस भनेका थिए । अध्यक्ष बिष्ट ले विवाद नमिले सम्म यहाँ काम नगर्ने जावफ दिए पछि कार्की ले हात हालेकाे देखिन्छ । विकास पनि चाहिने निकास पनि नदिने भए पछि विवाद चर्किएकाएर अध्यक्ष बिष्ट हात हालेकाे स्थानीय बासि बताउछन ।
हिलाम्मे बस्तीका सडक निमार्ण गर्ने र जनताका समस्या समाधान गर्न ओहाेरात खटिने जनप्रतिनिधि माथी हातपात भए पछि चर्काे बिराेध भएको छ ।विवाद र हातपात का बाजजुद पनि आज उक्त स्थानकाे केही ठाउमा काम भएको छ ।

तपाईको प्रतिक्रिया