अपडेट

नेकपा (एस)ले खाँडाचक्र नगरमा पार्टी संगठन सुदृढिकरण अभियान

कालिकोट/नेकपा (एकीकृत समाजवादी)ले कालिकोटको खाँडाचक्र नगरमा पार्टी संगठन सुदृढिकरण सँग सम्बन्धित विशेष अभियान सञ्चालन गर्न थालेको छ ।

पार्टीको खाँडाचक्र नगर कमिटी बैठकले यही फागुन २२ गते साविक पाँखा गाविस हुँदै अभियान सुरु गर्ने निर्णय गरेको हो ।

बैठकले नगर सरकारलाई लोकप्रिय बनाएर सञ्चालन गर्ने विषयमा महत्त्वपूर्ण समीक गर्दै एकीकृत समाजवादीबाट निर्वाचित जनप्रतिनिधि र पार्टी नेता तथा कार्यकर्ताहरु व्यवहारमै समाजवादी भएर अघि बढ्नुपर्नेमा आवाज उठेको छ ।

समाजवाद केवल बोलिने विषय मात्र नभई व्यवहारमा लागू गर्न एकीकृत समाजवादीलेनै अग्रसरता लिनुपर्नेमा नेताहरुको जोड थियो ।

नगर कमिटी अध्यक्ष कृष्णबहादुर मल्लको अध्यक्षतामा सम्पन्न पार्टीको पाँचौ बैठकमा पार्टी केन्द्रीय सदस्य एवम् संविधानसभा सदस्य तुलाराज बिष्ट,जिल्ला कमिटी अध्यक्ष विश्वराज वम, केन्द्रीय परिषद् सदस्य लाल बहादुर मल्ल, जिल्ला कमिटी उपाध्यक्ष एवम् राष्ट्रिय भूमि आयोगका जिल्ला अध्यक्ष चित्रसिंह गाउँलेले एकीकृत समाजवादीको संगठन थप बलियो बनाउने विषयमा सबैले अग्रसरता देखाउन जरुरी रहेको धारणा राख्नु भएको थियो ।

सो अवसरमा नगर प्रमुख एवम् जिल्ला कमिटी उपाध्यक्ष कमल बहादुर शाहीले नगर सरकार नगरवासीका आवश्यकता परिपुर्ती गर्ने विषयमा पछि नपर्ने भन्दै अहिलेको आर्थिक वर्ष अघिल्लो नगर सरकारले बोकाएको दायित्व बोक्नमै अल्झिनुपर्ने बाध्यताले समस्या पारेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया