तिला कर्णाली बहुमुखी क्याम्पस अनेरास्ववियूको सभापतिमा रम्बा

कालिकोट /जिल्लाको खाँडाचक्र नगरपालिका ३ मा रहेको मध्यपश्चिम  विश्वविद्यालय अन्तर्गतकाे तिला कर्णाली बहुमुखी क्याम्पस स्ववियु सभापति पदमा समाजवादी निकट अनेरास्ववियूको तर्फबाट रम्बा कुमारी शाही सर्वसहमत उमेरद्वार चयन भएकी छन् ।
समाजवादी निकट अनेरास्ववियू तिला कर्णाली बहुमुखी क्याम्पस कमिटीमा रम्बा कुमारी शाहीको अध्यक्षतामा २१ जनाको क्याम्पस कमिटी गठन गरिएको छ । चैत्र ३ गते हुने स्ववियु निर्वाचनमा रम्बा कुमारी शाहिलाइ सर्वसम्मत स्ववियु सभापतिको उम्मेद्वार घोषणा गरिएको उनले वताइन ।
निर्वाचन कार्यतालिका अनुसार आगामी चैत्र ३ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा तिला कर्णाली बहुमुखी क्याम्पस ताडी कालिकोटमा समाजवादी निकट अनेरास्ववियूको तर्फबाट स्ववियु सभापतिका लागि बैठकबाट सर्वसहमतिले सभापति पदकाे उम्मेदवारमा चयन भएकी हुन्। विद्यार्थीको आवश्यकता र भावना अनुसार अघि बढाइने उनले बताइन् ।आफु लामो समय देखि राजनितिमा सक्रिय छन।

तपाईको प्रतिक्रिया