सुर्खेत/कालिकोट जिल्लाको सदरमुकाम एक दशक पहिलेकाे मान्म वनाउनै सकस थियो उ बेलाको समयमा कालीकोट जिल्ला नामकरण गर्न निकै सकस भईरहेको थियो । तत्कालीन जुम्ला जिल्लाका चल्दाबल्दा नेता अदानसिह कठायत निकै शक्तीसाली थिए । जुम्ला र तृब्रीकोट गरी दुई जिल्ला थिए । कालीकोट जिल्ला नामकरण गर्ने मध्यका बिष्णुवहादुर शाहीले तृब्रीकोट जिल्लामा पाँच वटा गाउँबिकास समिति मात्र भएको जुम्ला जिल्लाले तृब्रीकोट जिल्लालाई दबाउदै आएकाले जुम्ला जिल्ला फुटाउने मनसाय तृब्रीकोटका सभापति र जिल्लाका सासदको पनि थियो । तृव्रीकोट जिल्ला जुम्लासंग गाभेपछि हालको कालीकोट र तत्कालीन तृब्रीकोटका गाउँ बिकास समिति मिलेर अदानसिहं कठायतलाई जिल्लाको सासदमा हराएपछि बल्ल कालीकोट जिल्लां बनाउन सफल भएको शाहीको भनाई छ ।
शाहीका अनुसार कालीकोटका (पछिका) माननिय धर्मदत्त उपाध्यायले धेरै प्रयास गर्नुभयो । हामी उहाँका पछि लागेर जाने गरेका थियौँ । मुख्यगरी धर्मदत्तको प्रयासले कालीकोट जिल्ला ल्याउन सफल भएको शाहीले सुनाउनुभयो । मुख्यपात्र धर्मदत्त उपाध्याय थिए । त्यसपछि जहिले पनि आफुले साथ दिए । अर्का नरजित वुढा लगाएतका ब्यक्तिले पनि साथ दिएकाले कालीकोट जिल्ला बनाउन सकेको सुनाउनुभयो । जिल्लाको सासद अदानसिहँ कठायत, उहाँका भाई जिल्लाको सभापति हुदा जिल्ला फटाउने प्रस्ताव नै सभामा लिन नदिने भएकाले सुरुमा सारै समस्या भएको जिल्लाका जन्मदाताहरुको अनुभव छ ।
एक दशक पहिलेकाे सदरमुकाम मान्म
तपाईको प्रतिक्रिया
तुलराज पाण्डे । १४ फाल्गुन २०७९, आईतवार १५:२८