नेकपा(एस)कालिकोटको आठौं जिल्ला कमिटी बैठकका यस्ता छन् निर्माण

कालिकोट/नेकपा(एकीकृत समाजवादी)कालिकोटको आठौं जिल्ला कमिटी बैठक जिम्मेवार नेताहरुलाई गाउँगाउँ खटाउने निर्णयसहित शुक्रबार मान्ममा सम्पन्न भएको छ ।
पार्टी अध्यक्ष विश्वराज वमको अध्यक्षता र केन्द्रीय सदस्यहरु तुलाराज बिष्ट,तुलाराज सिम्खाडा र बिजया बिष्टको विशेष उपस्थितिमा सम्पन्न बैठकले पार्टी केन्द्रले तोकेको दुई महिने अभियान केन्द्रित नेता तथा कार्यकर्ता परिचालनको निर्णय गरेको हो ।नेपाल कम्युनिस्ट पार्टी(एकीकृत- समाजवादी) जिल्ला कमिटी कालिकोटको वैठकले महत्त्वपूर्ण निर्णय गरेको छ। अभियानका क्रममा राष्कोट नगरपालिका, तुलाराज विष्ट,भुपेन्द्र वम,डवल वोगटी,नरहरिनाथ गाउँपालि, तुलाराज सिमखाडा,दानबहादुर सहकारी,खाडाचक्र नगरपालिका, विश्वराज वम,कमल शाही,शुभकालिका गाउँपालिका, चित्रसिंह गाउँले,दानबहादुर विक,सान्नि त्रिवेणी गाउँपालिका, धिर वहादुर विष्ट,नमराज देवकोटा पुग्ने भएका छन् ।
यसैगरी पलाता गाउँपालिका,चन्द्रवहादुर शाही,दन्त वम,जडेनि वम,तिलागुफा- रबिन्द्र शाही, मर्मजङग वम,पचालझरना गाउँपालिका, मनिराज वराल,रंगराज सिमखाडा परिचालन हुनुपर्ने निर्णय भएको छ। यसैगरी अभियानको समग्र अनुगमन तथा सुपरिवेक्षण अध्यक्ष विश्वराज वमलाई दिने निर्णय गरेको छ।
अभियानमा पार्टीका केन्द्रीय सदस्यका साथै प्रदेश कमिटी सदस्य र जिल्ला पदाधिकारीहरु अभियानको नेतृत्व गरेर जिल्लाका ९ वटै स्थानीय तह केन्द्रित हुने उप सचिव एवम् प्रचार विभाग प्रमुख कृष्णकला पाण्डेले जानकारी गराउनुभयो । उहाँका अनुसार बैठकले अभियान अवधिमा पार्टी सदस्यताको साथै पार्टीका माथहतका कमिटीहरु अधावधिक गर्ने जिम्मेवारी बहन गर्नुपर्ने छ ।
बैठकले आगामी जेठ १५ गतेभित्र जिल्ला अधिवेशन समेत सम्पन्न गर्ने गरि हाललाई जिल्ला कमिटी अधावधिक गरेको बताइएको छ । जिल्ला कमिटी उपाध्यक्ष चित्रसिंह गाउँलेले मन्तव्य मार्फत स्वागत गरेको र अध्यक्ष विश्वराज वमले एजेण्डाहरु प्रस्तुत गरेको बैठकमा प्रदेश कमिटी सदस्यहरु धिरबहादुर बिष्ट,चन्द्र बहादुर शाही,मनिराज बराल,मर्मजंग वम,रवीन्द्र शाही,जडेनी वम,दान बहादुर विक लगायतको उपस्थिति रहेको उप सचिव डबल बोगटीले जानकारी गराउनुभयो ।
पार्टी उपाध्यक्ष चित्रसिंह गाउँलेका अनुसार पार्टी शुद्धीकरण अभियान फागुन १५ गतेबाट संचालन गर्ने
१.जिल्ला कमिटी नगर/ गाउँ कमिटी अध्यावधि गर्ने
२. संगठित सदस्यता अध्यावधि ,नबिकरण,,नयाँ सदस्य बितरण फागुन मसान्त सम्म सम्पन्न गर्ने
३. जनबर्गिय संगठन फागुन मसान्तसम्म पु:न गठन गर्ने
४. पेसागत महा संघ काे फागुन १३ गते सम्पन्न गर्ने,
५. स्वबियु निर्वाचन मा अनेरास्ववियु लाई सहयाेग गर्न ,लगायत बिविध बिषय माथि छलफल गरि सर्बसम्वत निर्णय गर्दै बैठक सम्पन्न भएको छ।

तपाईको प्रतिक्रिया