पुथा उत्तरगंगा गाउँ पालिका आवधिक योजना निर्माणमा जुट्यो

सुर्खेत/रुकुम पुर्वको पुथाउत्तरगंगा गाउँ पालिकाले आफनो दिर्घकालिन सोच निर्माण गरेको छ । गाउँपालिकाले आफ्नो  पाँच वर्षे आवधिक योजना निमार्ण गर्ने क्रममा दुई दिने पूर्व तयारी कार्यशाला गोष्ठिद्धारा “समृद्ध पुथा उत्तरगंगा हाम्रो एकता, सुखि र सुसंस्कृत जनता’’ सोच तयार गरेको हो ।
यस्तै  गाउँपालिकाले आफ्नो लक्ष्य र उद्देश्यहरु समेत निर्धारण गरेको छ । समग्ररुपमा पुथा उत्तरगंगा गाउँपालिकाको विकासमा भुगोल र यहाँका नागरिकहरुको अपनत्व कायम राख्नको लागी आफुहरुले पालिकाको सोच निर्माण गरेको पुथा उत्तरगंगा गाउँपालिकाका अध्यक्ष पुनिराज घर्तिमगरले जानकारी दिनुभयो । आफुहरुको पाँच वर्षे कार्यकालमा  यहि आवधिक योजनालाई आधार बनाएर नमुना कार्य गर्ने, सन्तुलित र दिगो विकास गर्ने लगायतका साथ गाउँपालिकाले आफ्नै लक्ष्य निर्माण गरेको पनि अध्यक्ष घर्तिले उल्लेख गर्नुभयो ।सामाजिक र भौतिक पूर्वाधार विकासमा  टुक्रे योजना भन्दा दिर्घकालिन योजनाले महत्व राख्ने भएकाले पालिकाको आफ्नै छुट्टै सोच, लक्ष्य र निर्माण गरेको वडा नम्बर ५ का वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता टिकासाई घर्तिमगरले बताउनुभयो ।  गाउँपालिकाको सभाहल तकसेरामा गाउँपालिकाको आयोजना, प्रदेश सुशासन केन्द्र लुम्बिनी प्रदेशको आर्थिक सहयोग र ग्रामिण युवा सरोकार केन्द्र नेपालकोे सहजिकरणमा सन्चालन भएको उक्त दुई दिने गोष्ठिमा गाउँपालिकाका सम्पूर्ण जनप्रतिनिधिहरु, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, गाउँपालिकाका कर्मचारीहरु, सामाजसेवी, बुद्धिजीवी, बाल क्लव, सामाजिक क्षेत्रका अगुवाहरु लगायतको सहभागितामा रहेको थियो ।

तपाईको प्रतिक्रिया