जापानमा २ दिनमा तीन जना नेपालीको मृत्यु

टोकियो /जापानको राजधानी टोकियोमा बिहिबार फेरि एक नेपालीको मृत्यु भएको छ । टोकियोको मिता स्टेशन नजिक बस्दै आएको नुवाकोट जिल्ला स्थायी घर भएका गणेशजंग उप्रेतिको मृत्यु भएको हो । उनी बिहीबार आफू बस्दै आएको कोठामा मृत भेटिएका हुन् ।
उनको मृत्युको कारण अहिलेसम्म अज्ञात छ । मृतकको शव प्रहरीको नियन्त्रणमा भएको बताइएको छ । प्रहरीले उनको मृत्युको कारणबारे अनुसन्धान गरिरहेको छ । उप्रेती जापानमा एक्लै बस्थे । उनको परिवार नेपालमा रहेको बताइएको छ । उप्रेती जापानमा कुक पेशामा कार्यरत थिए । उनी आजियन कबाब नाम गरेको रेष्टुराँ माका गर्थे ।
योसँगै हिजो र आज गरेर जापानमा तीन जना नेपालीको मृत्यु भएको छ । बुधबार साइतामाका एउटा पार्कमा एक अधबैंसे नेपाली मृत भेटिएका थिए । सोही दिन उपचारका क्रममा अर्का नेपालीको पनि मृत्यु भएको थियो । हालैका वर्षमा जापानमा सुतेकै अवस्थामा नेपालीहरुको निधनका घटना बढेका छन् ।
खानपिनमा खेलाँची, ज्यानले थेग्ने भन्दा धेरै काम, अनिँद्रा, चिन्ता लिने, आरामै नगरी काम गर्ने, डिप्रेशन, आत्महत्या आदि जापानमा नेपालीहरुको मृत्युको कारण बनिरहेको छ । तपाईहरु पनि काम र पढाईका साथसाथै आफ्नो स्वास्थ्यको पनि ख्याल राख्नुस् है ।

तपाईको प्रतिक्रिया