टोकियो/लामो समयको रस्साकस्सी पछि नेपाली जनसम्पर्क समिती जापानले नयाँ नेतृत्व पाएको छ । जापानको फुकुओकाको क्युशुमा सम्पन्न नेपाली जनसम्पर्क समिति जापानको ऐतिहासिक बृहत राष्ट्रिय कार्यकर्ता भेलाले डिका कार्कीको नेतृत्वमा ३१ सदस्यिय नयाँ कार्यसमिती निर्विरोध निर्वाचित गरेको छ।
सन् २०१६ मा भएको छैठौँ अधिवेसनमा दुई पक्षबिच विवाद बढेपछि एक एक बर्षको कार्यकाल बाँडफाड गरि पहिलो एक बर्षे कार्यकालका लागि डन्डापानी कडेल (डिपी) को नेतृत्वमा १० जना उपसभापति सहित ७० जनाको समिती र दोश्रो एक बर्षे कार्यकालका लागि लाल बहादुर के सी (राेशन) को नेतृत्वमा उनै १० जना उपसभापति सहित ७० जनाको केन्द्रिय समिती बनेको थियो । बिधानअनुसार सन् २०१८ मा नै सातौँ अधिवेशन गरि नयाँ समिती निर्वाचन गर्नुपर्ने भएपनि बिभिन्न विवादहरुकै कारण अधिवेशन हुन सकेको थिएन । रोशन केसी नेतृत्वको समितीलाई बारम्बार अधिवेशन गर्न जापान बासी नेपाली कांग्रेसका क्रियाशिल सदस्यहरुले माग गर्दा पनि जिम्मेवारी हस्तान्तरण पनि नगर्ने,अधिवेशन गर्न कुनै ताकेता पनि नगरिहेको परिस्थीतिमा गत शनिवार जापानको फुकोओका शहरमा बसेको एतिहासिक बृहत राष्ट्रिय कार्यकर्ता भेलाले डिका कार्कीको सभापतित्वमा नयाँ कार्यसमिती चयन गरेको छ । नेपाली काँग्रेस निकट जनसम्पर्क समिति जापानमा गुटउपगुट देखिदै आएको छ।यसले गर्दा नेपाल छोडेर प्रवासमा आएका युवाहरुको राजनितीमा आकर्षक घट्दै गएको पाइन्छ।जनसम्पर्क समिति जापानका सभापति डिका कार्की लाई हामिले सोधेको प्रश्नमा यस्तो भन्नुभएको छ। मैले नेतृत्व गर्दै जाँदा यहाँ भएका गुटउपगुट सबै लाई मिलाएर सिङ्गो जनसम्पर्क समिति जापान बनाउने उद्देश्य भएकोले म सभापति मा बढी आकाँक्षी भएको थिए र सबै अग्रजले पनि मलाई थप जिम्मेवारी दिइएका छन्।
निर्विरोध निर्वाचित नयाँ कार्यसमितका सदस्यहरुको नामावली तल उल्लेख गरिएको छ ।
जनसम्पर्क समिति जापानको सभापतिमा कार्की
तपाईको प्रतिक्रिया
तुलराज पाण्डे । ३ फाल्गुन २०७९, बुधबार ०४:०६