लाइसेन्स बिना सञ्चालन अटो ट्राफिक प्रहरीको नियन्त्रणमा

कालिकोट /  सवारी चालक अनुमति पत्र (लाइसेन्स) बिना सञ्चालन गरिएको अटो रिक्सा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । लाइसेन्स र ब्लुबुकविना सञ्चालन गरेको, मनपरी भाडा लिएको लगायतका गुनासो नागरिकबाट आएपछि सवारी चालक अनुमति पत्र (लाइसेन्स) बिना सञ्चालन गरिएको अटो रिक्सा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । 

ट्राफिक प्रहरीले सोमबार ताडी बसपार्कमा सात  अटो रिक्सा नियन्त्रणमा लिएको हो । अटो चालकले अटो रिक्सा चलाउन आवश्यक कागजपत्र विना चलाएको पाइएकाले नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । अटो व्यवसायीहरूले आफूखुशी भाडा असुल गर्ने गरेको, सवारीको रुट परमिट नभएको, सवारी चालक अनुमतिपत्र विना चलाएको, आवश्यक भन्दा तीव्र गतिमा चलाएको र यसले घटना घट्ने हुँदा  उक्त अटो  नियन्त्रणमा लिइएको जिल्ला ट्राफिक  कार्यालय कालिकोट  प्रहरी साहेक निरक्षेक लक्ष्मि राज जोसिको कमान्डमा   लिएका  हुन  ।

यस्तै अन्य मोटरसाइकल ,ट्याक्टर,जीव बलेरो गाडी लगाएत सवारी साधनलाई पनि नियन्त्रण लिएको र कडा कार्बाही  गर्ने लक्ष्मि राज जोसिले बताए ।

तपाईको प्रतिक्रिया