रक्तश्राव भएकी सुत्केरी महिलाको हेलिकप्टरवाट उद्धार

कालिकोट / जिल्ला अस्पताल कालिकोटवाट एक सुत्केरी महिलाको हेलिकप्टरवाट उद्धार गरीएको छ । तिलागुफा नगरपालिका वडा-७ निवासी ३४ बर्षकी नन्दा बिष्ट रावतको उद्धार गरीएको हो ।३१ हप्ताको गर्भवति बिष्ट रक्तश्राव भै उपचारका लागी जिल्ला अस्पताल कालिकोट आउनुभएको थियो । डाक्टरहरुले उहाको स्वास्थ्य परीक्षण गर्दा बच्चा भन्दा अगाडी पाठेघरको मुखमा साल बसी अत्याधिक रक्तश्राव र आज सहित ५ औ पटक भै हरेक पटकको जाँचमा बिष्टको रगतको मात्रा घट्रदै गएकाले उक्त रक्तश्राव नियन्त्रण तथा सीजेरीयन गर्न अस्पतालमा सम्भव नभएपछि अन्यत्र रेफर गरीएको जिल्ला अस्पताल कालिकोटका सुचना अधिकृत कटक महतले जानकारी दिनुभएको छ ।सल्यक्रीया द्धारा बच्चा निकाली आईसीयुमा राखि उपचार गर्न जरुरी रहेकाले राष्ट्रपति सुत्केरी महिला हवाई उद्धार मार्फत आज दिउसो ३;२० मा प्रदेश अस्पताल सुर्खेत रेफर गरीएको उहाले जानकारी दिनुभयो  ।हवाई उद्धारका लागी समन्वय गर्ने कर्णाली प्रदेश सभा सदस्य माननिय दुर्ग रावत,प्रमुख जिल्ला अधिकारी जोरा सिङ माझी, सहायक प्रमुख जिल्ला अधिकारी सरोज अधिकारी, डा रत्नविर सुनार लगाएतलाई अस्पतालले धन्यवाद समेत दिएको छ ।

तपाईको प्रतिक्रिया