आर्थिक मामिला तथा योजना मन्त्री शाही

सुर्खेत/नेकपा(एकीकृत समाजवादी)आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी लिएर सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी भएको छ ।बाजुराबाट प्रदेशसभा सदस्यमा निर्वाचित युवा संघ नेपालका अध्यक्ष समेत रहेका लोकप्रिय युवा नेता शाहीले मन्त्रालय सम्हाल्ने जिम्मेवारी पाएका हुन् । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीसहित ३ सदस्यीय मन्त्री मण्डल गठन भएको छ । नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले तत्काल २ जना मन्त्रीसहित ३ सदस्यीय मन्त्रिमण्डल गठन गरेका हुन् । तीनै जनाले आज पद तथा गोपनीयतको शपथ ग्रहण गरेका छन् । मन्त्रीहरुले प्रदेश प्रमुख देवराज जोशीबाट शपथ ग्रहण गरेका हुन् ।नेपाली कांग्रेसबाट मन्त्री बनेका प्रकाश देउवालाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिइएको छ भने एकीकृत समाजवादीबाट मन्त्री बनेका नरेशकुमार शाहीलाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी दिइएको हो ।  कांग्रेस सभापति शेरबहादुर देउवाका भतिजा समेत रहेका प्रकाश कैलाली क्षेत्र नं. ५ (२) बाट निर्वाचित भएका हुन् भने शाही बाजुरा निर्वाचन क्षेत्र १ बाट निर्वाचित भएका हुन्

तपाईको प्रतिक्रिया