कालिकोट / कर्णाली प्रदेश कार्यालयले सबै नागरिकलाई सबै घटनाबाट सुरक्षित राख्न ‘सुरक्षित कर्णाली’ अभियान सुरु गर्न थप प्रभावकारि बनाउन आज खाँडाचक्र नगरपालिका वडा न. ३ मा उपयुक्त सुझाव संकलन गरिएको छ ।
कर्णाली प्रदेशका १० वटै जिल्लाका नागरिकलाई सरोकारवाला सबैको उपयुक्त सुझाव संकलन लागि जनप्रतिनिधि, व्यापारी ,उद्योगि सहित समबेश नागरिकका बिछ एक कार्यक्रम गरि विभिन्न अपराध, दुर्घटना, प्रकोपलगायतबाट सुरक्षित बनाउन ‘सुरक्षित कर्णाली’ अभियान सुरु गर्न उक्त कार्यक्रम गरियको हो ।
कर्णालीमा पछिल्लो समय आत्महत्या, लागुऔषध, सडक दुर्घटना चोरी,डकैती , लुटपाट, ढाड छल जस्ता घटना बढ्दै गएका छन् । तेसलाइ न्यूनीकरण गर्नका लागि जिल्ला प्रहरी कार्यलय कालिकोटको पत्र अनुसार प्रहरी बिट ताडिले `सुरक्षित कर्णाली’ अभियान कार्यक्रम गरेको हो । ब
प्रहरी बिट ताडिका इन्चार्ज प्रहरी हवल्दा दुर्गादत्त अवस्थिका अनुसार सबै अपराध र दुर्घटनालाई एउटै छातामा राखेर न्यूनीकरण गर्न अभियान आवश्यक भएकोले यश क्षेत्रमा जनताको राय सुझाव निम्न राखेका हुन ।
अपराध न्यूनीकरण गर्नका लागि ताडिमा रहेको सि. सि.टि.भी क्यामारालाइ प्राभवकारि गर्ने, सौर्य उर्जालाई सडकमा प्रभावकारी गर्ने ,बढी क्षमता सवारी साधनलाई रोकथाम गर्ने , स्थानीय मेडिकलहरु लगाएत अन्य क्षेत्रमा देखिने लागुऔषध बेचबिखनमा रोकथाम गर्ने जस्ता अपराध न्यूनीकरणका लागि सहजीकरण गरिएको हो ।
दियो खबर । २६ माघ २०७९, बिहीबार १७:४४