राष्ट्रपति रनिङ सिल्ड महावैमा हुने

सुर्खेत/कालिकोट जिल्लाको जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्ड यसवर्ष महावै गाउँपालिकामा हुने भएको छ ।जिल्ला खेलकुद विकास समिति कालिकोटको बिहीबार बिहान सम्पन्न बैठकले सो निर्णय गरेको हो ।महावै गाउँपालिकाले पालिका स्तरीय रनिङ सिल्ड त्रिवेणी मावि डिल्लीकोट र जिल्ला स्तरीय रनिङ सिल्ड चन्दादेवी मावि कुनीमा सञ्चालन गर्ने तयारी भएको महावै गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष निरक बहादुर सिंहले जानकारी गराउनुभयो ।फागुन १४ देखि १६ गतेसम्म सञ्चालन हुने रनिङ सिल्ड महावै गाउँपालिकामा हुने निर्णय स्वागत योग्य भएको भन्दै रनिङ सिल्डमा सहभागिताको लागि महावै गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहले सबैलाई सार्वजनिक रुपमा आह्वान गर्नु भएको छ ।

तपाईको प्रतिक्रिया