कालिकोट/नेकपा(एमाले)का केन्द्रीय कमिटी सल्लाहकार एवम् महावै गाउँपालिका वडा-६ का वडाध्यक्ष राजेन्द्र बहादुर थापामाथि वडा कार्यालयमै हातपात भएको छ ।
नेकपा माओवादी केन्द्री सहित को संयुक्त गठबन्धन बाट स्थानीय चुनावमा निर्वाचित थापालाई माओवादीकै जिम्मेवार कार्यकर्ता प्रेमबहादुर शाही(प्राप्ति)ले हातपात गरेका छन् ।
सोही वडाको चन्दादेवी माविको प्रांङगढमा केहीदिन पछि हुने जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्डको फिल्ड चाडैं निर्माण गर्ने विषयमा वडा कार्यालयले ढिलासुस्ती गरेको भन्ने बहाना बनाएर हातपात भएको बताइएको छ ।
वडा अध्यक्ष थापाले आफुमाथि हातपात भएपनि आफू सामान्य अवस्थामा रहेको जानकारी गराउनु भएको छ । एमाले महावै गाउँ कमिटी अध्यक्ष हरिबहादुर शाहीले जिम्मेवार नेता एवम् जनप्रतिनिधि माथि आक्रमण गर्नेलाई तत्कालै कडा कारबाही गर्न माग गर्दै कारबाही नभए आफ्नो पार्टी हेरेर नबस्ने चेतावनी दिनु भएको छ ।
वडाध्यक्ष थापामाथि माओवादी केन्द्रका कार्यकर्ताद्वारा हातपात
तपाईको प्रतिक्रिया

दियो खबर । २६ माघ २०७९, बिहीबार ०९:४०