राराताल जाने नाग्म-गमगढी सडक कालोपत्र सुरुवात हुदै

कालिकोट /   राराताल जाने पर्यटकीय मार्ग नाग्म-गमगढी सडक कालोपत्र सुरुवात गरिने भएको छ । 

नेपालकै आकर्षक पर्यटकीय गन्तव्य राराताल जाने पर्यटकीय मार्ग चालु आर्थिक वर्षभित्रै साढे छ किलोमिटर लामो उक्त सडकखण्ड कालोपत्र गर्न लागिएको हो ।

नाग्म–गमगढी ९३ किलोमिटर दूरी रहेको  सडकको पहिलो चरणमा कनकासुन्दरीको रोकायाबाडादेखि हाँटसिंजासम्म साढे छ किमी सडक कालोपत्र गर्न लागिएको हो । 

हाँटसिंजा गुठिज्युलादेखि मालिकाबोतासम्म नाला निर्माण, कङ्क्रिट ढलान, पर्खाल निर्माणलगायत काम गर्न लागिएको   सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी चित्र चौलागाईंले बताए ।

बोलपत्र आह्वान भएर कार्यालयबाट सम्बन्धित निर्माण व्यवसायीलाई कार्यादेशसमेत भइसकेको छ । फागुन पहिलो हप्ताबाट कालोपत्रको काम सुरु हुने  सूचना अधिकारी चौलागाईंले बताए ।

तपाईको प्रतिक्रिया