विरेन्दनगरमा दोस्रो मेयर कप २०७९ काे उद्घाटन

नन्दकेश अधिकारी/विरेन्दनगर सुर्खेतमा आज देखि दोस्रो मेयर कप सुरू भएकाे छ ।
वडा नम्बर ५ काे मसलाघाडी खेलमैदान मा एक भव्य कार्यक्रम का विच साे दोस्रो मेयर कप एक भव्य कार्यक्रमका विच सम उद्घाटन गरिएको छ ।
विरेन्दनगर नगर पालिकाकाकाे आयाेजना ,कर्णाली खेलकुद परिषद र जिल्ला खेलकुद विकास समिति सुर्खेत काे आर्थिक सहयोग मा दोस्रो मेयर कप एक वृहत कार्यक्रम का विच सुरू भएको हाे ।
विरेन्दनगर पालिकाका उपप्रमुख निलकन्ठ खनालकाे सभा अध्यक्षता नगर प्रमुख मनमाया ढकालकाे प्रमुख आथित्यता
विरेन्दनगर ३ का वडा अध्यक्ष विनाेदसिह बिष्टकाे विशेष आथित्यतामा साे कार्यक्रम संचालन गरिएको थियाे ।
कार्यक्रममा बुद्धिजीवी ,खेल प्रेमी, वडा अध्यक्ष ,सदस्य खेलाडी लगायतको सहभागी रहेको थियाे।
उक्त कार्यक्रम काे विरेन्दनगर नगरपालिका नगर प्रमुख मनमाया ढकाल ले सम उद्घाटन गर्नु भएको हाे ।
मसलाघाडी खेलमैदान मा सुरू भएको दोस्रो मेयर कप कार्यक्रम अन्तरगत फुटबल प्रतियोगिता मा पहिलाे दिन वडा नम्बर २ र ३ बिच खेल सुरू गरिएकाे थियाे ।
खेल रमाञ्चक हुदै जादा पहिलाे दिन वडा नम्बर २ लाई हराउदै विरेन्दनगर ३ ले विजयी हासिल गरेको छ ।
विजय हासिल गरे पछि खेलाडी भन्छन याे जित हासिल गर्नमा वडा अध्यक्ष विनाेदसिह बिष्टकाे महत्त्वपूर्ण सहयोग र खेलाडीलाई साथ रहेकाे बताउछन ।
पहिलो दिनमा आफ्नो वडाले विजय हासिल गरे पछि वडा अध्यक्ष बिष्ट ले खेलाडीलाई बिशेष बधाईं तथा धन्यवाद दिदै
उत्कृष्ट खेल र प्रथम खेल विजयी का लागि शुभकामना समेत दिनुभएको छ ।
साे मेयर कपमा विरेन्दनगर सुर्खेत का १३ वटा वडा बाट टिमहरू दर्ता भएकाे आयाेजक समितिले जनाएको छ ।
आज बाट सुरू भएको मेयर कप ४-५ दिन सम्म चल्ने बताईएकाे छ ।

तपाईको प्रतिक्रिया