कर्णालीमा पहिलो पटक मिर्गाैलाको सफल प्रत्यारोपण

सुर्खेत / कर्णाली प्रदेशमा पहिलो पटक मिर्गौलाको सफल प्रत्यारोपण गरिएको छ । प्रदेश अस्पतालमा मिर्गौलाको सफल प्रत्यारोपण गरिएको हो । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले सातै प्रदेशमा प्रत्यारोपण सेवा विस्तार गर्ने कार्यक्रम अन्तर्गत प्रदेश अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु भएको हो । 
शनिबार प्रत्यारोपण केन्द्रका डाक्टर पुकार चन्द्र श्रेष्ठ र प्रदेश अस्पतालका विशेषज्ञ चिकित्सकसहितको टोलीले नवलपरासी बर्दघाट नगरपालिका ४ का २२ वर्षीय एक युवाको मिर्गौला प्रत्यारोपण गरेको हन् ।
आइतबार पत्रकार सम्मेलनमा गरेर अस्पतालले मृर्गाैलाको सफल प्रत्यारोपण गरेको जनाएको छ । अस्पतालका निर्देशक डाक्टर डम्बर खड्काले पछिल्लो समय अस्पतालमा मिर्गौलाका बिरामी बढ्न थालेको भए पनि जटिल अवस्थाका बिरामी कम आउने गरेको बताएका छन् ।

तपाईको प्रतिक्रिया