वीरेन्द्रनगरमा जारी महाेत्सव पुन:सञ्चालनमा

सुर्खेत /  कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा दोस्रो राष्ट्रिय औद्योगिक व्यापार कृषि तथा नविनतम् प्रविधि प्रर्दशनी एवम् पर्यटन महोत्सव-२०७९ माघ २० देखि २८ सम्म हुने महोत्सव स्थगित भएको केहि समय पछि पुन: सञ्चालन भएको छ । 

 

कर्णाली प्रदेशका लघु घरेलु तथा साना उद्योगको बजार प्रवर्द्धन एवं रोजगारी सृजना गर्ने उद्देश्यले मेलाको आयोजना गर्न लागिएको हो ।

आयोजकका अनुसार माघ २० गतेदेखि सञ्चालन भएको उक्त महोत्सव दोस्रो दिन राती स्टलको सामान चोरी भएको भन्ने सूचना आएकोलेउक्त विषयलाई छानबिन गरि सत्य तथ्य सूचना तयार गर्न व्यापारी र आयोजक बिच छलफल गर्नु पर्ने भएकोले अर्को सूचना नहुननजेल सम्मका लागि महोत्सव स्थगित गरियको व्यहोरा विज्ञपति मार्फत गरिएको थियोे ।     

स्थगित भएको केही समय पछि स्टलको सामान चोरी भएको भन्ने सूचना आएकोले उक्त विषयलाई छानबिन कार्य संचालन भइरहेको अवस्थामा स्टलभित्रका व्यापारीहरुको आग्रहमा मेला पुन:सञ्चालन भएको कुरा सबैमा जानकारी गरिएको छ । 

तपाईको प्रतिक्रिया