कालिकोट / कर्णाली प्रदेश कार्यालयले सबै नागरिकलाई सबै घटनाबाट सुरक्षित राख्न ‘सुरक्षित कर्णाली’ अभियान सुरु गर्न लागेको छ । कर्णाली प्रदेशका १० वटै जिल्लाका नागरिकलाई विभिन्न अपराध, दुर्घटना, प्रकोपलगायतबाट सुरक्षित बनाउन ‘सुरक्षित कर्णाली’ अभियान सुरु गर्न लागिएको हो । 
कर्णालीमा पछिल्लो समय आत्महत्या, लागुऔषध, सडक दुर्घटना चोरी,डकैती , लुटपाट, ढाड छल जस्ता घटना बढ्दै गएका छन् ।
डीआईजी भीमप्रसाद ढकालका अनुसार सबै अपराध र दुर्घटनालाई एउटै छातामा राखेर न्यूनीकरण गर्न अभियान आवश्यक भएको र गत वर्ष मात्रै ज्यानसम्बन्धी ७ हजार १ सय ५५, आत्महत्यासम्बन्धी ६ हजार २ सय ४१, संगठित अपराधसम्बन्धी ४ हजार १ सय ८ र महिला तथा बालबालिकासम्बन्धी ४ हजार ९३ घटनाहरु घटेका छन् । ‘क्रमशः घटनाहरू बढ्दै गएकाले मातहतका निकायमार्फत न्यूनीकरण अभियान सञ्चालन भइरहेका छन्, तर घटना नै घट्न नदिने गरी हाम्रो अभियान सुरु हुन थालेको हो,’ उनले भने, ‘अपराध भइसकेपछि कानुनी कारबाही गर्नुभन्दा अपराध नै हुन नदिनु उत्तम भएको जनाए ।’

दियो खबर । २० माघ २०७९, शुक्रबार १४:०२