तथ्यपरक समाचार सम्प्रेषण गर्न खाँडाचक्रको आग्रह

कालिकोट /कर्णाली प्रदेशको कालिकोट जिल्ला स्थित सदरमुकाम खाँडचक्र नगरपालिकाले गलत समाचार नलेखी तथ्यपरक समाचार प्रकाशित गर्न सञ्चारकर्मीहरुलाई आग्रह गरेको छ ।
नगरपालिकाले मंगलबार एक विज्ञप्ति प्रकाशित गरि नगरपालिकाको नेतृत्व बारे भ्रामक समाचार प्रकाशित गरेको भन्दै सम्बन्धित मिडीयाको ध्यानाकर्षण गराएको हो ।
विज्ञप्तिमा नागरिक दैनिक लगायतका राष्ट्रिय तथा स्थानीय मिडियाले नगर प्रमुख र उप-प्रमुख बिच शक्तिको लडाइँ भनेर गलत समाचार प्रकाशित गरेको उल्लेख छ ।
सौहार्द रुपमा नगर अधिवेशन समेत सम्पन्न गरिएको र महत्त्वपूर्ण विषयमा नेतृत्व र सरोकारवाला बिच छलफल हुनु स्वभाविक पनि हुने भन्दै नगरपालिकाले सामान्य छलफलका विषयलाई लडाइँको रुपमा प्रचार गरेको भन्ने आरोप लगाएको छ ।

तपाईको प्रतिक्रिया