काठमाडौं / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शहीदले देखेको सपना राजनीतिक स्वतन्त्रता मात्र नभई समृद्धि भएको बताएका छन् । शहीद दिवसको अवसरमा शुभकामना दिंदै अध्यक्ष ओलीले अहिले त्यही समृद्धिको अभियानमा लागि परेको बताएका छन् ।
‘यतिबेला हामी शहीदहरुको बलिदानी स्वरुप प्राप्त लोकतान्त्रिक व्यवस्थालाई सुदृढ गरी नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने अभियानमा लागेको जनाएका छन ।
सबल लोकतन्त्र, सुदृढ अर्थतन्त्र, सुशासन र सामाजिक र अकर्मण्य, कर्तव्यहीन, उद्देश्यहीन र गन्तव्यहीन प्रवृत्तिबाट देशलाई मुक्त गर्दै पुनः सुशासन र समृद्धितर्फको यात्रामा केन्द्रित गर्नेतर्फ एमाले लागेको दाबी समेत गरेका छन् ।
दियो खबर । १६ माघ २०७९, सोमबार १७:३८