कर्णाली जेसिज ११ औं पद हस्तान्तरण तथा पद स्थापन  समारोह सम्पन्न 

प्रभुराम पाण्डे –

कालिकोट /  कर्णाली जेसिज शाखा बर्ष २०२३ का लागि ११ औं पद हस्तान्तरण तथा पद स्थापन  समारोह सम्पन्न  भएको छ।

कर्णाली जेसीज शाखा बर्ष २०२२ का अध्यक्ष जेसी  धर्म राज शाहीको  गलामा रहेको जेसीज अध्यक्षीय चेन शाखा बर्ष २०२३ मा सर्वसम्मत चयन भएका निर्वाचित  हरि प्रसाद पाण्डेको  गलामा पहिर्‍याएर पद हस्तान्तरण गरिएको थियो ।

उक्त कार्यक्रम कर्णाली जेसीज शाखा बर्ष २०२२ का अध्यक्ष जेसी  धर्म राज शाहीको सभा अध्यक्षतामा   र  प्रमुख जिल्ला अधिकारी  जोरासिंह माझीको  प्रमुख आतिथ्यता,  कालिकोट उद्योग वाणिज्य संगका अध्यक्ष रतन बहादुर साहिको विशेष आतिथ्यता  जिल्ला प्रहरी कार्यलय कालिकोटका कार्यलय प्रमुख जयस्वर रिमाल, ससत्र प्रहरी बलका प्रमुख  मित्रलाल श्रेष्ठ  ,रास्टिय अनुसन्धान कालिकोट प्रमुख रामअचल शाहा ,  कृषि बिकास कार्यलय कालिकोटका प्रमुख बालकराम देवकोटा ,  पशु-सेवा कार्यलय कालिकोटका प्रमुख लक्ष्मि प्रशाद आचर्य ,जन्म देव बराल  जेसीज बर्ष २०१९ का अध्यक्ष लगाएत अथिति कालिकोट जिल्लामा क्रियाशील राजनितीक दल पत्रकार,सरोकारवाला निकायको उपस्थितिमा कार्यक्रम सम्पन्न  भएको हो। कार्यक्रममा शुभकामना मन्तव्य राख्दै कर्णाली जेसीजका बर्ष २०२२ का अध्यक्ष  जेसीजले आफुलाई धेरै कुरा सिकाएको बताउदै बर्ष २०२३ लाई पनि सफलताको कामना गर्नुभयो । यस्तै अन्य प्रमुख अथिती, विशेष अथिती र अथिती हरुले बधाई तथा सुभकामना मन्तव्य राखेका थिए । उक्त कार्यक्रमको संचालन कर्णाली जेसिज बर्ष२०२०का अध्यक्ष जेसी सविन कुमार विष्टले गर्नुभएको थियो । 

तपाईको प्रतिक्रिया