कालिकोट /‘शासन व्यक्तिको होइन, विधिको हुनु पर्दछ’ भन्ने जेसीजको मूल मन्त्र छ। तर, कर्णाली जेसीजले नेतृत्व चयन गर्दा प्रक्रिया भने विधान विपरीत अघि बढाएको छ।
जेसीजको वार्षिक निर्वाचन कार्यक्रम राष्ट्रिय महाधिवेशन भन्दा ३० दिन अघि हुनु पर्ने विधानमा व्यवस्था छ। तर, राष्ट्रिय महाधिवेशन पछि कर्णाली जेसीजले वार्षिक निर्वाचन कार्यक्रम विहबार सम्पन्न गरेको हो।
सम्भवत जेसीजको इतिहासमै नभएको घटना कर्णाली जेसीजले गर्न लागेको छ।
कर्णाली जेसि शाखा बर्ष २०२२ का उपाध्यक्ष नन्द बहादुर मल्लले यो संस्थामा विधिको शासन भन्दा पनि व्यक्तिको शासन लागू भएको सामाजिक संजालमा लेखेका छन् ।कर्णाली जेसिज शाखा को अधिवेशन नजिक आएको बेला कहिले स्थानीय हत मिलाउनु पर्यो भन्छन्,कहिले राजनितीक दल त कहिले पुरानो ऋण जसले तिर्न सक्छ उसैलाई अध्यक्ष बनाउने हो भन्ने प्रथा कर्णाली जेसिजमा रहेको समेत बताए ।निर्वाचन अध्यक्ष धर्मराज शाही लाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेनन् ।
कर्णाली जेसीजको पूर्व उपाध्यक्ष नन्द बहादुर मल्ल लेख्छन्
कर्णाली जेसीस 2023 को अधिवेशन को मुल नारा शासन विधिको हुनुपर्छ ब्याक्तिको होइन भन्ने छ तर आज शासन ब्यक्ति को भएको छ त्यसैले आज बाट कर्णाली जेसीस को कुनै पनि सदस्य नरहने जान्कारी गर्दछु ब्यतीको शासन ब्यकीको पाटी हो कर्णाली जेसीस ब्यक्ति को शासन छ।
कर्णाली जेसीज व्यक्तिको पार्टी रहेछ उपाध्यक्ष मल्ल
तपाईको प्रतिक्रिया

दियो खबर । १२ माघ २०७९, बिहीबार २३:३९