कर्णाली जेसिज शाखा बर्ष २०२३ को अध्यक्ष  पदमा हरि प्रसाद पाण्डेको एकल उम्मेदद्धारी दर्ता 

प्रभुराम पाण्ड
कालिको/कर्णाली जेसिज शाखा बर्ष २०२३ को अध्यक्ष  पदमा जेसि हरि प्रसाद पाण्डेले उम्मेदद्धारी दर्ता गरेका छन । Hari pandey
कर्णाली जेसिजको सदस्य,२०२२को कार्यकारी उपाध्यक्ष  समेत रहेका पाण्डेले अब कर्णाली जेसिज शाखाको २०२३ को एकल  उम्मेदवारी समेत रहने बताए ।युवाहरु लाई परिमार्जित गर्दै नयाँपन दिएर आफु अघि बढ्ने बिगत देखि आज सम्मका कार्यक्रम हेर्दा नियमित कार्यक्रमले मात्रै निरन्तता पाएको भन्दै आफु यसलाई परिर्वतित गर्दै अघि बढ्नेमा जोड दिए ।आफ्नो अर्को लक्ष्य भनेको कर्णाली जेसिज लाई सक्षम बनाउने आफ्नो लक्ष्य रहेको बताए । २०२३ मा आफु निर्वाचित भएमा व्यावसायिक रुपमा यूवाहरु लाई सबल बनाउने खालका कार्यक्रम संचालन गर्ने आफ्नो लक्ष्य रहेको उनको भनाई छ ।अध्यक्षले गर्न मिल्ने आफ्नु कार्यकारमा जिम्मेवारी अनुसार मेरो पदको सहि सदुपयोग गर्ने समेत बताए । उम्मेद्धवार पाण्डेले भने कर्णाली जेसिज शाखामा आवद्ध युवाहरुलाई कुनैन कुनै व्यवसायीमा जोड्न र बलियो र सक्षम बनाउने लक्ष्य हो भन्दै सबै जेसिज मित्रलाई मेरो उम्मेदवारी रहेको  दियो खबर सँग बताए ।

तपाईको प्रतिक्रिया