आचार्यले संसद भवन अगाडि नै आत्मदाह प्रयास गरे

काठमाडौं/ संसद भवन अगाडि आत्मदाह प्रयास गरेका प्रेम आचार्यले आफू निकट केही व्यक्तिहरुलाई यसबारे पूर्वसंकेत गरेको पाइएको छ । विवेकशील साझा पार्टीका नेता निर्देश सिलवालले आफूर्लाइ आचार्यले हिजो मात्रै निराशापूर्ण इमेल पठाएको बताएका छन् ।
अचार्यले आज आत्मदाह प्रयास गर्नुअघि फेसबुकमा लामो आत्मालाप लेखेका थिए । सोही आत्मालापलाई हिजो इमेलमा उनले विभिन्न व्यक्तिहरुलाई पठाएका हुन् । सिलवालका अनुसार आचार्यको इमेल आएपछि उनले यस विषयमा प्रहरीलाई जानकारी गराएका थिए ।
उनले फेसबुकमा लेखेका छन्, ‘मैले इमेल सरसर्ती माथिदेखि तलसम्म हेरे । लामो भएको कारण मुख्य मुख्य बुँदाहरु हेर्दै गएँ । म झसङ्ग भएँ । उहाँको जीवन खतरामा छ भन्ने बुझेँ ।’
आचार्यले त्यसपछि तुरुन्तै ललितपुर जिल्ला प्रहरी कार्यालय गएर आफूलाई आएको इमेलको प्रकृतिबारे जानकारी गराएका बताएका छन् । उनले इमेलसमेत देखाएपछि प्रहरीले लोकेसन ट्रुयाक गर्यो र सादा पोशाकमा ३ प्रहरीसहित गएर सुन्धारामा आचार्यलाई भेटेका थिए । करिब २ घण्टासम्म कुरा गरेर सम्झाइ बुझाइ गरेर उनीहरु फर्किए ।
सिलवालका अनुसार त्यसपछि आचार्यले आफू तिनकुनेमा रहेका भाइबुहारीकहाँ जाने बताएका थिए । आफूले छोडिदिन्छु भन्दा नमानेको र चिन्ता नलिन भनेको उनको भनाइ छ ।
तर, प्रहरीको काउन्सीलिङले आचार्यको मनस्थिति बदलिएन । उनले आज संसद भवन अगाडि पुगेर शरीरमा आगो लगाएका छन् । किर्तिपुर अस्पतालमा पुर्याइएका उनको अवस्था चिन्ताजनक छ ।
फेसबुकमा आचार्यले आफू विवेकशील साझा पार्टी निकट रहेको खुलाएका छन् । उनले सो पार्टी चकनाचुर भएकोमा निराशा व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया