सुर्खेत /कर्णाली प्रदेशका कालिकोटसहित,जुम्ला , मुगु, हुम्ला, डोल्पामा हिमपात भइरहेको छ ।कालिकोटको अग्ला भूभागसहित सदरमुकाम मान्ममा समेत हिमपात हुने सम्भावना छ ।
ज्येष्ठ नागरिक, दीर्घरोगी, बालबालिका र सडकमानव चिसोबाट बढी प्रभावित भएका छन् । हिमपातकै बीच महावै गाउँपालिका,तिलागुफा नगरपालिका,खाँडाचक्र नगरपालिका,शान्नित्रिवेणि गाउँपालिका,रास्कोट नगरपालिका ,नरहरिनाथ गाउँपालिका,पचालझरना गाउँपालिका,पलाँता गाउँपालिका मा हिमपात भएको प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताए ।
खाँडाचक्र नगरपालिका नगर प्रमुख कमल बहादुर शाहीका अनुसार किसान भने हिमपातपछि उत्साहित भएका छन् । यो वर्ष कालिकोटमा पहिलोपटक हिमपात भएको हो । यो हिउँले हिउँदे बालीलाई राम्रो गर्ने किसानहरूले बताएका छन् ।
हिउँदेबाली सप्रिन र उत्पादन वृद्धिका लागि कर्णालीमा पुस, माघमा हिमपात आवश्यक रहेको किसानहरू बताउँछन् । हिमपातसँगै बढेको चिसोले हिँडडुल गर्न र पशुचौपायालाई दानापानी दिन भने समस्या भएको छ। हिमपातले यातायात सेवा प्रभावित भएको छ।
कालिकोटमा हिमपात : जनजीवन कष्टकर, कृषक उत्साहित
तपाईको प्रतिक्रिया
तुलराज पाण्डे । १० माघ २०७९, मंगलवार १२:३२