उपाध्यक्ष छात्रा शैक्षिक सुधार योजना अन्तरर्गत ७ बटा विद्यालयमा सेनेटरी भेन्डिड्ड मेसिन

खडानन्द अधिकारी/कालिकोट जिल्लाको शुभकालिका गाउँपालिकामा छात्राहरुलाई बिद्यालयमा नियमित गरउनको लागि ७ बटा माध्यामिक बिद्यालयमा सेनेटरी भेन्डिड्ड मेसिन जडान गरीएको छ । महिनावारी भएको समयमा बिद्यालयमा नआउने,बिद्यालयमा आएपनि लजाउने,सो समयमा बिद्यालय बढि छाड्ने समयालाई सवधान गर्नको लागि शुभकालिका गाउँपालिकामा उपाध्यक्ष छात्रा शैक्षिक सुधार योजना अन्तरर्गत सेनेटरी भेन्डिड्ड मेसिन जडान गरीएको हो आर्थिक वर्ष २०७९÷०८०को निती तथा कार्यक्रमा आफुले पहिला महिला तथा किसोरी हरुको समस्या पहिचानगरी मेसिन जडानको कार्यक्रमलाई बिद्यालय स्तरमा लिए कार्यान्वयन तर्फ लागेको शुभकालिका गाउँपालिकाकी उपाध्यक्ष धर्मकला शाहीले बताउनु भयो ।
शुभकालिकामा पुरानो,सामाजिक कुस्कारको रुपमा रहेको महिनावारी अहिले सम्मपनि अन्ते हुन नसकेकोमा दुखेसो व्याक्तगर्दै अबका दिन अर्थात आफ्नो पाच वर्षे कार्यकालमा अन्ते गर्ने उहाँको भनाई छ ।
आइतबार शुभकालिका गाउँपालिका वडा नं ३ मा रहेको जनज्योति माध्यामिक बिद्यालयमा सेनेटरी भेन्डिड्ड मेसिन जडान गर्न पुगेकि उपाध्यक्ष शाहीले कर्णाली तथा कालिकोटमा बढी भाग किसोरीहरुले बिद्यालय बिचैमा छोड्नुको एक प्रमुख कारण पनि महिनावारी रहेका बताउदै आमिग दिनहरुमा महिनावारी हुदा किताव छोए पाप लाग्छ,महिनावारी भएको बेला बिद्यालय जानु हदैन भन्ने बिषयमा भित्रिमन देखिनै सबै धार्मिक गरु,बुढापाकाहरुले हटाइ सब्य समाजको पहिचान तथा सुरक्षित महिनावारीमा सम्बन्धीत सबैले लाग्नु पर्ने बताउनु भयो ।
सेनेटरी भेन्डिड्ड मेसिन जडान उद्धघाटन गर्न आइतबार जनज्योति माध्यामिक बिद्यालयमा पुग्नु भएका कालिकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी रामहरी शर्माले भने कालिकोट जिल्लाकै एउटा उदारणीय कार्य शुभकालिका गाउँपालिकामा उपाध्यक्षको पहलमा भएकाले उपाध्यक्ष तथा शुभकालिका गाउँपालिका लाई धन्यवाद दिनुभयो उपाध्यक्षको कोसेली स्वरुप बिद्यालयमा प्राप्त भएको मेसिनलाइ सहितरीकाले प्रयोग गर्न बिद्यालयलाई निदेश दिदै केहि बिद्यालयहरु बिद्यालय जस्तो नदेखियकोमा आफु चिन्ती भएको बताउनु भयो ।
प्रमुख जिल्ला अधिकारी शार्माले कालिकोट जस्तो बिकट ठाउँमा मेसिन जडानले बिद्यालयमा छात्रा दर बढाउने र नियमि बिद्यालयमा छात्राहरुको उपस्थीति हुनेमा आफ्नो बिश्वास रहेको बताउनु भयो ।
कार्यक्रममा आफ्नो भनाई राख्ने क्रममा कालिकोट जिल्लाको प्रहरी नायव उपरिक्षक जयस्वर रिमालले महिनावारी बाढेको वा महिनावारी भएको बेलामा कसैले बिभेद गरेको वा गराएको पाईएमा कानु अनुसार कार्वाही हुने बताउदै बाल बालिका सम्बन्धी हुने जस्तो सुकै अपराध भए वा गराएको पाइएमा कानु अनुसार कार्बाहि हुने बताउनु भयो साथै प्रमुख रिमालले बालविवाह कालिकोटमा केही मात्रामा देखिएकाले यसलाई रोक्न आफु र आफ्नो माताहतको प्रहरी लागि रहेकाले यसला सबैले साथ दिन आग्रह गनु भयो ।
गुणस्तरी शिक्षामा केही कमि आएकाले यस तर्फ सबै शिक्षक तथा अभिभावक लाग्नु पर्ने जिल्ला शिक्षा बिकास तथा समन्वय कालिकोटका प्रमुख प्रकाश चन्द्र धितालले बताउनु भयो प्रमुख धितालले शिक्षा जस्तो क्षेत्रमा कुनै पनि योजना बिना काम गर्न खोजे स्थानिएतहमा शिक्षा क्षेत्र गन्तव्य बिहीन हुने बताउनु भयो ।
सही गन्तव्यमा पुग्न पहिला योजना आश्वक पर्ने र बिद्यालयमा राजनितिक करण गर्न पनि नहुने उहाँको भनाइ थियो ।
उहाँले सेनेटरी भेन्डिड्ड मेसिन जडानले छात्रालाई बिद्यालय नियमित आउन सहयोग गर्ने भएकाले आफु हर्सित भएको बताउदै कामको थालनि गर्ने उपाध्यक्ष लगाएत शुभकालिका गाउँपालिका परिवारलाई धन्यवाद समेत दिनु भयो ।
शुभकालिका गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष प्रकाश बहादुर शाहीको अध्यक्षतामा भएको कार्यक्रममा सस्त्र प्रहरी कार्यालय कालिकोटका प्रमुख मित्रलाल श्रेष्ट,राष्ट्रिय अनुसन्धाका अनुसन्धान अधिकृत राम अचलशाह, वडा नं ५ का वडा अध्यक्ष मिम बहादुर शाही, बिद्यालयका शिक्षक,बिद्यार्थी,अभिभावक,जिल्ला स्थीत पत्रकार लाएत सरोकारवालाको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया