प्रमुख जिल्ला अधिकारी शर्माको धादिङ सरुवा

सुर्खेत / कर्णाली प्रदेश कालिकोट जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी जोरासिंह माझी आउने भएका छन् ।
कालिकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माको धादिङ सरुवा भएसँगै नयाँ प्रमुख जिल्ला अधिकारीको रुपमा माझी आउने भएका हुन् ।सुनसरी जिल्लामा कार्यरत माझि कालिकोट आउने भएको छन्

सहायक-प्रमुख जिल्ला अधिकारीको रुपमा धादिङ जाने भएका छन्।
सुरक्षा संवेदनशिलताका हिसाबले उच्च प्राथमिकतामा पर्ने कालिकोट जिल्लामा प्रमुख जिल्ला अधिकारीको कार्यभार सम्हाले देखि नै जिल्लाको शान्ती सुरक्षा तथा अपराधमा संलग्नलाई कारबाहीको दायरामा ल्याउन अहम भुमिका निर्वाह गरिरहेका शर्माको सरुवा भएको छ।

गत२०७८ पुस २८ गते कालिकोटको प्रमुख जिल्ला अधिकारी भएर शर्मा आएका थिए। शर्माको सरुवा धादिङ भएको छ।

तपाईको प्रतिक्रिया