निस्ता कार्की/कालिकोट जिल्लाको तिलागुफामा महिला प्रजनन सम्बन्धि स्वास्थ्य शिविर सम्पन्न भएको छ । चिल्खाया स्वास्थ्य चौकि बाट संचालन भएको शिविर हिजो नगर अस्पताल राचुलिमा समापन भएको तिलागुफा नगरपालिकाका उप-प्रमुख महेन्द्र बहादुर शाहीले जानकारी दिनुभएको छ । महिला प्रजनन सम्बन्धि स्वास्थ्य शिविरमा १ देखि ११ सम्मका करिब ३९४ जना महिलाले सेवा लिएका छन् । केही गर्भवती महिला र पाठेघर बाट गर्हसित महिला लाई रेफर गरेर थप उपचार गर्न पठाईएको पनि बताउनुभयो । मर्यादित, शान्तिमय र आनन्दित जिवनको लागी समुन्नत र न्यायिक समाज भन्ने मुल नाराका साथ शिविरको संचालन गरीएको थियो । शिविरमा भौगोलिक विकटताकारण प्रजनन् स्वास्थ्य सवन्धि सेवा लिन नसकेका र लाजले उपचार गर्न नमानेका महिला दिदि वहिनीहरुलाई लक्षित गरि शिविर संचालन गरिएको उपप्रमुख शाहीले बताउनुभयो । उक्त शिविर वाट वडा- १ देखि ११ सम्ममा २०७ जना महिलाहरुले विभिन्न प्रजनन् रोगहरु सम्बन्धि उचित परामर्शका साथै पाठेघर संक्रमणका विभिन्न रोगहरुको उपचार पाएका छन् भने ७५ जना गर्भवति महिलाहरुले गर्भ अवस्थाको परामर्श र भिडियो एक्सरे वाट वच्चाको अवस्था चेक जाचको सेवा प्राप्त गरेका छन् । स्वास्थ्य सिविरलाई सफल पार्ने नगर अस्पताल का डा. टंक आचार्य , जिल्ला अस्पताल का डा.अप्सरा हमाल , स्वास्थ्य शाखाका कर्मचारि र आर्थिक सहयोग र समन्वय गर्ने साहस नेपाल लगायत सम्पूर्ण लाई नगरपालिकाले धन्यवाद समेत दिएको छ । तिलागुफा नगरपालिकाको आयोजना, सहास नेपाल लिफ्ट परियोजनाको सहयोग र समन्वयमा माघ ४ गते वडा-७ को स्वास्थ्यचौकी वाट सुरु भएको महिला प्रजनन स्वास्थ र गर्भवति चेक जांच शिविर छाप्रे वडा-७ हुदै नगर अस्पताल राचुलीमा माघ ६ गते सम्पन्न भएको छ ।
तिलागुफामा महिला प्रजनन सम्बन्धि स्वास्थ्य शिविर सम्पन्न
तपाईको प्रतिक्रिया
दियो खबर । ७ माघ २०७९, शनिबार १८:२६