कर्णाली प्रदेशको उपसभामुखमा न्यौपाने निर्वाचित

सुर्खेत/ कर्णाली प्रदेश सभाको उपसभामुखका कालिकोटकी यशोदा न्यौपाने ‘पूर्णिमा’ निर्वाचित भएकी छन् । बुधबार भएको उपसभामुखको निर्वाचनमा उनी निर्वाचित भएकी हुन् । उनलाई सभामुख नन्दा गुरुङले उप-सभामुखमा निर्वाचित भएको घोषणा गरेकी हुन् । उनको पक्षमा २४ मत आएको छ । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी इन्द्राकुमारी शाहीले १४ मत पाइन् ।  उनलाई कांग्रेसको मात्रै १४ मत प्राप्त भएको छ ।

निर्वाचित न्यौपानलेलाई नेकपा (माओवादी केन्द्र) को १३, एमालेको ९ र राप्रपा र नेकपा (एकीकृत समाजवादी) को १ मत प्राप्त भएको छ । ४० प्रदेशसभा सदस्य रहेको प्रदेश सभामा ३८ जना सांसद सहभागी भएका थिए । सभामुखको निर्वाचनमा कांग्रेसलाई सघाएको समाजवादीले यो पटक सत्तारुढ गठबन्धनलाई सघाएको छ । निर्वाचित न्यौपानले माओवादी केन्द्रको केन्द्रीय सदस्य हुन् ।

तपाईको प्रतिक्रिया