बैदेशिक रोजगार व्यवसायी संघको तृतीय उपाध्यक्षमा बोगटीको उम्मेदवारी

सुर्खेतबैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनका लागि नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी निकट व्यवसायीहरुले संयुक्त प्यानल घोषणा गरेका छन् । व्यवसायीहरुले  यही माघ ६ गते हुने निर्वाचनका  तृतीय उपाध्यक्षमा अनिल बोगटीले उम्मेदवारी दिएका छन्।
इश्वर जि.सी अध्यक्ष, धनलाल जैशी प्रथम उपाध्यक्ष, बाबुराम खड्का द्वितीय उपाध्यक्ष, अनिल बोगटी तृतीय उपाध्यक्षका उम्मेदवार रहेका छन्।
त्यस्तै महासचिवमा अधिवक्ता मधुकर रिजाल, सचिवमा टक्कर बहादुर पार्खिन, कोषाध्यक्षमा केदारनाथ अधिकारी रहेका छन्। त्यस्तै सदस्यहरूमा प्रेम बहादुर गिरी, देविमाया थापा, एक नारायण काफ्ले, फिरोज खान, कामेश्व शाह (राहुल), सरोज कुशवाह, गणेश कुवर, सन्दिप पुडासैनी, हरिबहादुर गिरि र शिवबहादुर कुवर रहेका छन्।
अध्यक्षका उम्मेदवार डा. जिसी माओवादी केन्द्र र महासचिवका उम्मेदवार रिजाल नेकपा समाजवादी केन्द्रबाट हुन । ८८० मेनपावर व्यवसायी रहेको संघको साधारणसभा तथा निर्वाचन माघ ६ गते हुन गईरहेको छ ।
उम्मेदवारी घोषणा कार्यक्रम जिसी नेतृत्वको प्यानलले विभिन्न प्रतिबद्धता गरेका छन्।

तपाईको प्रतिक्रिया