सुर्खेत/कर्णाली प्रदेशको मुख्यमन्त्रीका लागि नेकपा माओवादी केन्द्रका राजकुमार शर्माले नियुक्त हुनु भएको छ।प्रदेश प्रमुख तिलक परियारले शर्मालाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो।
प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ वमोजिम मुख्यमन्त्रीका लागि दावी गर्न दलहरुलाई आव्हान गर्नुभएको थियो।नेकपा एमाले, राप्रपा र नेकपा एकीकृत समाजवादी सहितको समर्थनमा शर्माले मुख्यमन्त्रीको दावी पेश गर्नुभएको हो।
कर्णाली प्रदेशमा माओवादीका १३, एमालेका १०, राप्रपाका १ र समाजवादीका १ जना सांसद रहेका छन्।कुल ४० सदस्यीय प्रदेश सभामा बहुमतका लागि २१ सिट आवश्यक हुन्छ।
शर्मालाइ माओवादी, एमाले, राप्रपा र समाजवादी गरी २५ सांसदको समर्थन रहेको छ।कर्णालीमा कुनै दलको स्पष्ट नहुँदा ४ दलको सर्मथनमा माओवादी केन्द्रका नेता शर्माले मुख्यमन्त्रीमा दाबी गर्नुभएको हो।उहाँलाई नेकपा एमाले, राप्रपा, एकीकृत समाजवादीका २५ सांसदले समर्थन गरेका छन्।
शर्मालाई माओवादी केन्द्रका १३, एमालेका १०, एकीकृत समाजवादी १, राप्रपाका १ गरी २५ सांसदले हस्ताक्षर गरेका छन।माआवादी पोलिटब्यूरो सदस्य रहनुभएका शर्मा रुकुम पश्चिम प्रदेश सभा ख बाट निर्वाचित हुनुभएको हो।
भावना शर्मा । २७ पुष २०७९, बुधबार २१:४३