सुर्खेत/कालिकोटको महावै गाउँपालिकाको आठौँ हिउँदे गाउँसभा सम्पन्न भएको छ । गाउँसभाले जनयुद्धका घाइते, अपाङ्ग असहायको स्वास्थ्य बिमा सम्मका अति महत्वपुर्ण ४३ वटा निमावली र कार्यविधी पारित गरेको छ ।
गाउँपालिका अध्यक्ष खेम बहादुर सिंह(भिजन)को अध्यक्षतामा बसेको आठौँ गाउँसभाले स्थानिय तहले गर्न पाउने अधिकार प्रयोग गरी ४३ वटा निमावली र कार्यविधी पास गरेको गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहले बताएका छन ।
सभाले अतिमहत्वपुर्ण र स्थानिय तहले गर्न पाउने ४३ वटा कार्यविधिपास गरेको छ । उच्च शिक्षा गरिब तथा जेहन्दार विद्यार्थीले एमविबिएस पढ्न पाउने कार्यविधि, पालिकाका नागरिकले निशुल्क स्वास्थ्य विमा देखी जनयुद्धका घाइते तथा अपांग परिवारले निशुल्क स्वास्थ्य सेवा पाउने लगायतका कार्यविधि पास गरेको अध्यक्ष सिंहले बताए
भावना शर्मा । २७ पुष २०७९, बुधबार २१:३०