कर्णाली प्रदेशमा माओवादी र एमाले बिच यस्तो भयो सहमति

सुर्खेत/प्रदेश प्रमुख सामु मुख्यमन्त्रीमा दाबी पेश गर्न साढे एक घण्टा मात्रै बाँकी रहेको समयमा नेकपा माओवादी केन्द्र  र नेकपा एमाले बीच सहमति भएको छ ।
केन्द्रमा पाँचै वर्ष माओवादीले सरकारको नेतृत्व गर्ने भनेर सहमति भए पनि कर्णालीमा उक्त सहमति उल्टिएको हो ।अब कर्णालीमा सुरुमा नेकपा माओवादीका संसदीय दलका नेता राजकुमार शर्मा साढे दुइ वर्षका लागि मुख्यमन्त्री बन्नेछन भने त्यसपछिको साढे दुई वर्ष एमाले संसदीय दलका नेता यामलाल कंडेलले नेतृत्व गर्नेछन् ।
अन्ततः झण्डै सात वर्ष पछि नेता कंडेलको मुख्यमन्त्री बन्ने सपना पुरा हुने निश्चित भएको हो ।यो सहमति सँगै दुवै दलका नेताहरु प्रदेश प्रमुखको कार्यालयमा जाने तयारीमा लागेका छन् ।आजै प्रदेश प्रमुख सामु शर्माले मुख्यमन्त्रीको दाबी पेश गर्नेछन् ।

तपाईको प्रतिक्रिया