१५ दिन कैद र ५ सय जरिवाना सजाय सुनाइएका दमाई ९ वर्षपछि पक्राउ

रुकुम पूर्व / विवाह बदर मुद्धामा दोषि ठहर भई १५ दिन कैद र ५ सय रुपैंया जरिवाना सजाय सुनाइएका रुकुम पूर्वका एक व्यक्ति ९ वर्षपछि पक्राउ परेका छन् । रुकुम अदालतले २०७० सालमा विवाह बदर मुद्धामा दोषि ठहर गर्दै १५ दिन कैद र ५ सय जरिवाना सजाय सुनाइएका रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर ४ का प्रेम दमाईलाई प्रहरीले ९ वर्षपछि पक्राउ गरेको हो ।

दमाई फरार थिए । रूकुम पश्चिमकाे बाँफिकाेट गाउँपालिका वडा नम्बर २ को छिपछिपीमा अस्थायी रूपमा बस्दै आएका दमाईलाई आइतबार पक्राउ गरी रुकुमकोट अदालतमा बुझाएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी प्रहरी निरीक्षक कृष्ण खत्रीले जानकारी दिनुभयो ।  उनलाई कैद भुक्तानका लागि अदालतले कारागार चलान गरिसकेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया