सुर्खेत /कालिकोट जिल्ला खाँडाचक्र नगरपालिकाले वडा-७ ,८,९ र १० मा निःशुल्क भिडियो एक्सरे सेवा सुरु गरेको छ। नगर भित्र बसोवास गर्ने गर्भवती महिला लाई वडा मै पुगेर निःशुल्क भिडियो एक्सरे सेवा दिन सुरु गरेको छ । नगर भित्रका गर्भवती महिलाहरुको स्वास्थ्य अवस्था बुझ्न तथा प्रसुतिको समयमा हुन सक्ने सम्भावित खतरा बाट बचाउन नि:शुलक एक्सरे सेवाको सुरु गरिएको खाँडाचक्र नगरपालिका स्वास्थ्य शाखा प्रमुख रविन्द्र सेजुवालले बताए ।खाँडाचक्र नगरपालिकाको वडा- १,२,३ र ४ लाई जिल्ला अस्पताल नजिक पर्ने र वडा-५ र ६ को लागि मोल्फामा सेवा उपलब्ध रहेको शाखा प्रमुख सेजुवालले बताए । चुनावी प्रतिबद्धता पूरा गर्दै गएको उप-प्रमुख शाहीले बताए ।जनताको सुख र दु:खको सारर्थि स्थानीय तह भएकाले घरमा नै पुगेर सेवा दिने काम गरेको उप-प्रमुख शाहीले बताए ।उहाँका अनुसार वडाका गर्भवती महिलाहरु भिडियो एक्सरे गर्नकै लागि जिल्ला अस्पताल धाउनुपर्ने बाध्यतालाई हटाउन वडामै नि:शुल्क भिडियो एक्सरे सेवाको सुरु गरिएको खाँडाचक्र नगरपालिका का उप-प्रमुख गणेश बहादुर शाही ले बताए । निशुल्क भिडियो एक्सरे सेवा अन्तर्गत खाँडाचक्र नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा वडा- ७ मा १३ जना र वडा- ८ मा १८ जना सहित जम्मा ३१ जना गर्भवती महिलाको निः शुल्क भिडियो एक्सरे सेवा गरेको शाखा प्रमुख सेजुवालले बताए ।
चुनावी प्रतिबद्धता पूरा गर्दै खाँडाचक्र
तपाईको प्रतिक्रिया
भावना शर्मा । २२ पुष २०७९, शुक्रबार २१:२२