गजल-मुना आचार्य

रुदा रुदै भारी बोक्या भुल्या छैन मेरि आमा
आँख भित्र आँसु रोक्या भुल्या छैन मेरी आमा ।

अझै पनि हजुरका दुख त्यस्तै बाकी होलान
दमको रोगले खोक्या भुल्या छैन मेरी आमा ।।

पर्देसियो छोरा भनी याद कति गर्दै होउलि
त्यो नुन संग रोटी टोक्या भुल्या छैन मेरि आमा ।।

तिमिले आँसु पिउदै मलाइ माम खुवाउथ्यो
लुकाउदा आँसु पोख्या भुल्या छैन मेरी आमा ।।

हजुर को दुख छोप्न अझै सकेकि छैन मेरि आमा
छुट्ने बेला पाउमा ढोग्या भुल्या छैन मेरी आमा ।।
मुना आचार्य
शुभकालिका गाउँपालिका ,कालिकोट

तपाईको प्रतिक्रिया